हाम्रो बारेमा

सबै

बर्दिया टाइगर नेटवर्कद्धारा सञ्चालित रेडियो टाइगर ९९.२ मेगाहर्जले मनोरम तथा पर्यटकिय स्थल बर्दियाको भुरिगाउँबाट २०७३ साल साउन १ गतेबाट प्रसारण शुभारम्भ गरेको हो । बर्दिया टाइगर नेटवर्क २०७१ साल माघ ४ गते स्थापना भएको संस्था हो । २०७२ असार महिनामा रेडियो टाइगरले ईजाजत पत्र पाएपनि देशमा नाकाबन्दि र बन्द हडतालका कारण एक वर्ष पछी २०७३ साल साउनमा स्थापना गरिएको हो ।


बर्दिया जिल्लालाई आफ्नो सेवा क्षेत्र बनाएर १०० वाट क्षमता बाट रेडियो टाइगर ८८.२ मेगाहर्ज संचालनमा ल्याईएको २ वर्ष भित्रै ५०० वाट क्षमतामा अभिवृद्धी भएसंगै रेडियो टाइगर ९९.२ मेगाहर्ज बर्दिया जिल्ला सहित बाँके, सुर्खेत, कैलाली लगायतका जिल्लाहरुमा पनि सुनिन्छ ।


रेडियो टाइगर बाघ लगायतका वन्यजन्तु संगै वन वातावरण जोगाउनु पर्ने शन्देश दिँदै गाँउ समाज र राष्ट्रप्रति संबेदनशिल छ । साना–साना सवाल देखि राष्ट्रियस्तरको सवाल देखि राष्ट्रियस्तरका सुचना (समाचार) लाई आम जनमानसमा संप्रेशण गर्नु रेडियो टाइगरको मुख्य दायित्व हो ।


रेडियो प्रसारण सुनीने स्थानका स्रोतालाई उत्कृष्ठ संचार माध्यमको रुपमा परिचित गराउन रेडियो टाइगरले दक्ष तथा प्रतिभावान संचारकर्मीलाई भिन्न भिन्न क्षेत्रमा पृथक कार्यशैलिका साथ काम गर्ने जिम्मेवारी सुम्पिएको छ ।


त्यसैले गर्जन्छ सधैँ... बाघ झैँ... रेडियो टाइगर ९९.२ मेगाहर्ज अन्तरमनको साथी संयोजित जनशक्ति र उत्कृष्ट कार्य सम्पादनको संगम स्थल पनि हो । जुझारु ब्यबस्थापन सम्मिलित रेडियो टाइगरले सरकारी, गैरसरकारी निजि एंव व्यवसायिक संस्थाका सुचनामुलक तथा व्यवसायिक बिज्ञापन जानकारी प्रसारण गरि निजी एंव संस्थागत व्यवसायमा अझ थप बृद्धि गर्न सहयोग गर्नेछ ।


समयको चक्रसंगै व्यवसायिक, आर्थिक गतिबिधिमा रेडियो टाइगरको आत्मिय प्रसारणले तपाईलाई सत–प्रतिशत प्रतिफल दिनेमा हामी बिश्वस्त छौँ ।


धन्यवाद ।


थप जानकारीका लागि सम्पर्क ः ०८४ ४०३१८८ वा ९८५८०५०९६१