सडक किनारमा सुतेरै हिँडने भक्त !

views:-454

गोपाल घिमिरे, बर्दिया, माघ १८, राजमार्गमा पैदल हिँडन त गाह्रो हुन्छ भने राजमार्गमा सुतेरै हिँडन सुरु गरेका भारतिय एक नागरिक बर्दियाको भुरीगाउँ आईपुगेका छन् । सुन्दा अचम्म लाग्ने यि भारतिय नागरिक चित्रन्जन ज्यादवले भारतको हरिद्धारबाट सुतेरै हिँडाई यात्रा सुरु गरेको उनि बताउँछन् ।

 

टाउकोमा पहेँलो पकहरी बाँधेका, एउटा पातलो रातो लुंगी मात्र लगाएका त्यो वाहेक शरीरमा अरु केही कपडा पनि छैन । कुनै झोला पनि छैन । हातमा एउटा सानो लठ्ठी छ । राजमार्गको किनारमा सुत्छन् अनि उठेर झण्डै ६ फिट जती हिँडछन । अनि फेरी सुत्छन् ।

 

यसरी राजमार्गको किनारमा छातिको भरमा घोप्टो परेर सुत्ने, हातमा भएको एउटा लठ्ठी राख्ने अनि उठेर आफ्नो शरीरको उचाई भएको दुरी झण्डै ६ फिट जती हिँडने अनि फेरी सुत्ने । यसरी उनले सुतेरै हिँडाई यात्रा सुरु गरेका छन् ।

 


गत साउन २७ गते हरीद्धारबाट सुरु गरेको यात्रा काठमाण्डौँको पशुपतिनाथ मन्दिर पुग्ने र त्यसपछी जनकपुरको जानकी मन्दिर हुँदै भारतको बैद्धनाथधाममा पुग्ने योजना रहेको चित्रन्जन ज्यादवले बताए ।

 

यसरी सुतेरै हिँडाई यात्रा सुरु गरेका उनि सुर्य भगवानलाई प्रणाम गरी हिँडेको बताउँछन् । उनि हरेक दिन बेलुका एक पटक मात्र खाना खान्छन् । विहानमा चिया मात्र खाने गरेको उनले बताए ।  

 

प्रतिकृया दिनुहोस

चर्चित भारतीय नायिका श्रीदेवीको निधन

फागुन १३ – भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई

उत्तर कोरियाले गर्‍यो अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

मंसिर १३ – उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो

बेलायती राजकुमार ह्यारीको बिहे अमेरिकी नायिका मेघानसँग पक्का

मंसिर ११ – बेलायती राजकुमार ह्यारीले आफ्नी अमेरिकी प्रेमिकासँग बिहे गर्ने पक्का भएको छ । राजकुमार ह्यारीले अमेरिकी नायिका मेघान माक्र्लेसँग