चर्चित भारतीय नायिका श्रीदेवीको निधन

views:-403

फागुन १३ – भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै  भारतीय संचारमाध्यमले जनाएका छन् ।

 

सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् । उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिइन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् । 

 


हिम्मतवालाको ‘नैनो में सपना’, मिस्टर इन्डियाको ‘हावा हवाइं’, नागिनाको ‘मै तेरी दुश्मन’, चाँदनीको ‘मेरे हाथो मैं नौ नौ चुडीयाँ’, आदि फिल्मी नृत्यमा श्रीदेवी निकै चर्चित छिन् ।  श्रीदेवीलार्इ भारतकी पहिलो  महिला सुपरस्टारु का रुपमा लिइन्छ । उनी चाएल्ड आर्टिस्टको रुपमा सन् १९७५ को ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनले १३ वर्षको उमेरमा मुन्द्रु मोदीक्षुमा एडल्टको भूमिकामा पहिलो पटक अभिनय गरेकी थिइन् ।

 


श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएको छ । फ्रेब्ररी २५ शनिवार राति ११:०० देखि ११:३० बीचको समयमा युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ । श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् । बोनी कपुरकी दोश्री श्रीमती श्रीदेवीका जान्हवी र खुशी  दुई छोरी छन् ।  भारतीय चलचित्रकर्मीहरुले श्रीदेवीको निधनप्रति शोक व्यक्त गरेका छन् । भारतमा उनको निधनले सबैलार्इ स्तब्ध बनाएको छ ।

प्रतिकृया दिनुहोस

सडक किनारमा सुतेरै हिँडने भक्त !

गोपाल घिमिरे, बर्दिया, माघ १८, राजमार्गमा पैदल हिँडन त गाह्रो हुन्छ भने राजमार्गमा सुतेरै हिँडन सुरु गरेका भारतिय एक नागरिक बर्दियाको भुरीगाउँ

उत्तर कोरियाले गर्‍यो अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

मंसिर १३ – उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो

बेलायती राजकुमार ह्यारीको बिहे अमेरिकी नायिका मेघानसँग पक्का

मंसिर ११ – बेलायती राजकुमार ह्यारीले आफ्नी अमेरिकी प्रेमिकासँग बिहे गर्ने पक्का भएको छ । राजकुमार ह्यारीले अमेरिकी नायिका मेघान माक्र्लेसँग