बर्दियाको मधुवन महोत्सवमा बद्रीले रुवाए, नविन पौडेल र भुमिका गिरीले नचाए

views:-903

भावुक योगी/टाइगरखबर

बर्दिया, फाल्गुण २४ - लोकदोहरी गाएक बद्री पंगेनी स्टेजमा उक्लीए संगै पररर ताली बज्यो । गायक पंगेनीले सुरुमा एकछिन देशमा राजनिती अस्थिरता संगै नेताले भोट माग्ने बेला दिएको आश्वासन पुरा गर्दैनन् भन्दै मधुवन नगरपालिकाका नगरप्रमुख गणेश केशी सहित जितेर गएका सांसद, लगायतका देशभरका नेतालाई ब्यंग्य गर्दै ‘लौन नेता ज्यु, मधुवनमा आउन कैलेकाँईँ, किन नेता ज्यु हाम्रो भेट हुन्न पहिले झैँ... जनताका काममा ध्यान दिनुपर्ने भन्दै शन्देश मुलक गित सुनाए ।

 

त्यसपछी उनले आफ्नो दुईवटी आमाको पनि निधन भएकाले जतीपनि आमाहरु हुनुहुन्छ आमा भन्न मन लाग्छ र त्यो आमा जस्को छोरो बिदेश कमाउन गएको छ उ आमा दुखी हुनुहुन्छ होला भन्दै देशमा रोजगार नपाएका कारण वर्षेनी हजारौँ युवाहरु बिदेशी भुमीमा जानु परेकाले आमा बिदा पाँउदिन अहिलेको सालपनि घरमा आँउदिन भन्दै अधिकाँस आमाका छोराहरु बिदेशमा यसै भन्दै होलान भन्दै यस्तै एउटा गीत सुनाउँछु भने ।

 

जव गायक पंगेनीले महोत्सवका दर्शहरुलाई बिदेश कमाउन गएको छोरो चार्डपर्व र रमाईलोमा अनि मधुवन महोत्सवमा पनि घर नर्फीएको कथा ब्यथा समेटेर आमाहरुका लागि भन्दै आफुले गाएको ‘आमा बिदा पाईएन, अहिले ताराताल मधुवनको महोत्सवमा घरमा आईएन....... गीत जव जुनाए अधिकाँस सबै भावुक भए चुपचाप, शान्त अनि आमाहरु रुन थाले महिलाहरु च्यादरले आँखा भरी भरीएका आँसु पुछदै गीत सुनिरहे ।

गायक पंगेनीले गित गाईरहँदा महोत्सवमा उपस्थित अधिकाँश महिलाहरु च्यादरले मुख छोपी सुँक्क सुँक्क रोईरहेका आमाहरुलाई अँगालो मार्न स्टेज छोडेर दर्शकहरु भएको ठाँउमा आएर आमाहरुलाई अंगालो मार्दै पुरै गीत नसकी उनले बिचैमा रोके र भन्न थाले आमाहरु मईले तपाईहरुलाई रुवाउनका लागि यो गीत पस्केको होईन भन्दै ुबै आमाहरुलाई नरुन आग्रह गरे । एकछीन माहौल नै खल्बलीयो प्रहरीलाई दर्शकहरु सम्हाल्नै हम्मे हम्मे पर्यो । भिँडभाडमा केहीका बच्चाबच्ची समेत हराएको सुचना आउन थाल्यो ।

 

त्यसपछी गायक बद्री पंगेनीले युवा युवतीका लागि रमाईला खालका गित गाउँछु भन्दै नाच्न र आमाहरु नरुनुस भनेर आग्रह गर्दै रमाईला खाले गीत सुनाउन थाले । तर सुरुमा गाएको गीतले मन रोईरहेका आमाहरुलाई मन थामी नसक्नु बनाएका बद्री पंगेनीको गितले अधिकाँस महिलाहरु रोईरहेका देखिन्थे महोत्सवमा ।

 

गायक पंगेनीले आमाहरुलाई नरुन आग्रह गर्दै ‘पंगेनीलाई के भयो भयो, छेउमै बस्ने नानीमा मन गयो कान्छी य कान्छी, टयाईँकुटी ट्याईँकुटी झ्याईँ’ लगायतका रमाईला गित सुनाउँदै आफुपनि नाच्दै दर्शकहरुलाई नचाउँदै महोत्सव तताए ।

 

गायक नविन पौडेल र गायिक भुमिका गिरीले पनि नचाए

 

गायक नविन पौडेल, गायिक भुमिका गिरीले पनि महोत्सवमा आफ्नो गीत प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएपछी बर्दियाको मधुवन नगरपालिका सानोश्री तारातालको महोत्सव झनै तातेको थियो ।

यस्तै महोत्सवमा गायक नवीन पौडेलले चार बजे स्कुलबाट घरमा आइनन् भनी बस्नुपर्छ बाउआमाले औँला गनी गनी जोगाउनै गाह्रो फुलेको तोरीलाई हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो ।’ गित गाएर हजारौँ दर्शकलाई नचाए ।

 

‘फुलेको तोरीलाइ बैँश आकि छोरीलाई जोगाउनै गाह्रो’ प्रस्तुत गर्दा दर्शकबाट हुटिङ तथा ताली बज्यो । अहिलेका निक्कै व्यस्त गायक पौडेलले ‘आजै भेट भाको बर्दिया आको म परेँ पाल्पाको, ‘बैनी कति जाती पानी माग्दा मैदिनी एक्लै हुदा सैंदिनी’ के सम्झनु छ र जान्न मत त्यो घर, हरेक जातजाती, सत्य खान्छु कसम, बुलाकी लाउँदिनौ झुम्काना लाउदिनौं, लगायतका गीतहरु प्रस्तुत गरेका थिए । बर्दिया मधुवनको महोत्सवमा दोस्रो दिन देखि चौथो दिन सम्म लगातार माहोल तातेको छ ।

फागुन २० गते देखि संचालन गरीएको महोत्सवमा सुरुका दिन देखि अहिलेसम्म लोकदोहोरी गायक बद्री पंगेनी नविन पौडेल, भुमिका गिरी, रामजी खाँड, कमल निर्मोही, टंक तिमिल्सेना, देबी घर्ति लगायका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिईरहेका छन् । महोत्सव फागुन २९ गते सकिने महोत्सव मुल आयोजक समितीका संयोजक देबेन्द्र प्रसाद तिमील्सेनाले जानकारी दिनुभयो ।

 

“देश निर्माणमा उद्योग व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता” भन्ने नाराका साथ आयोजना गरीएको बर्दियाको पहिचानका लागि मधुवन औधोगिक, व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४ फागुन २९ गते सम्म १० सञ्चालन हुने महोत्सव मुल आयोजक समितीले जनाएको छ ।

 

महोत्सवको प्रर्दशनीमा घरेलु उद्योगबाट उत्पादित बस्तु, दैनिक उपभोग्य सामग्रीहरु, अटोमोबाईल, कृषि उत्पादन तथा जडिबुटीहरु, हस्तकला, सुचनामुलक सामग्रीहरु, सुचना प्रबिधि, पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार, स्थानीय परिकार, सांस्कृतिक झलक, गार्मेन, जुत्ता तथा पस्मिना लगायत वाल उद्यानमा ठूला साना झुला, नाउ, आदी रहेको छ ।

 

प्रतिकृया दिनुहोस

जैविक बिबिधता दर्शाउने हाथी गैरा हेरबी साली खाता कोरिडोर में छायांकन

हरि गुरुङ, बर्दिया ,भाद्र २१, जैविक बिबिधता दर्शाउने खालको एक म्युजिक भिडियोको छायांकन बिहीबार  सम्पन्न भएको छ। उक्त म्युजिक भिडियोमा गितको बोल

अनमोल केसी स्टारर ‘कृ’ ट्रेलर रिलिज

यस वर्षको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भएको छ । झन्डै डेढ वर्षपछि पर्दामा फर्किन लागेका सुपरस्टार अनमोल केसी स्टारर

‘कृ’ रिलिज घोषणा, अनमोलको भिडन्त दयाहाङसँग

फिल्मीखबर,  : वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको अझै १५ दिनको छायांकन गर्न बाँकी रहँदै गर्दा