प्यारासाइट भएको सुहाउँछिन् छोरी  !

views:-189


   इन्दु थारु :असमानताका खाडलहरु पुर्न हिडेको अरे । हाँसो उठ्दो कुरा । यति सजिलो छ र छोरी मान्छेलाई रु प्रत्येक पाइला पाइलामा चुनौतीहरु छन् । बाटाभरी बिझाउने काडाहरु छन् । काला सर्पहरु डस्नलाई तयारी अवस्थामा रहन्छन् सधैं । असमानतालाई जीवित राख्न खोज्नेहरुको लाइन निकै लामो छ । अनि छोरी मान्छे भएर आफ्नो घर परिवार र गृहस्थीका बारेमा सोच्न छोडेर समाजका बारेमा सोच्ने हो र रु छोरी मान्छेको काम त घर परिवार र गृहस्थी सम्हाल्ने र चलाउने हो । सामाजिक काममा अग्रसर हुने ठेक्का विपरित लिंगीको पो त । छोरी मान्छे त घर भित्र बस्नुपर्छ त्यो पनि शान्त भएर । छोरी मान्छेले धेरै फुरफुर गरेको राम्रो हुदैन । छोरी मान्छेको सबैभन्दा ठूलो गहना त लाज हो । त्यसैले लजाएर बस्नु पर्छ । लाज चाहे नलागोस् लजाए जस्तो गरी शिर निहुराएर बस्नु पर्छ ।
हो, छोरी मान्छे  सधै छोरी जस्तै भएर बस्नुपर्छ । छोरा मान्छेले जस्तो जहातही घुमेकोे, डुलेको, आफ्ना मागहरु पुरा गर्न छोराले जस्तो जिदी  गरेको फिटिक्कै सुहाउदैन छोरीलाई । छोरी मान्छे घरको इज्जत हो र पूरा घरको इज्जत एउटी छोरी मान्छेले जोगाइदिनु पर्छ । त्यसका लागि छोरीलाई जतनका साथ सम्हालेर राख्नु पर्छ । घरबाट बाहिर छोरी निस्की भने त बिग्रिहाल्छे नि । जन्मघरमा छोरीलाई सम्हाल्नु पर्ने, विवाह पश्चात भने छोरीले अर्काको घर सम्हाल्नु पर्ने । अर्काको घर सम्हाल्नु पर्ने जात, त्यसकारण घर सम्हाल्नका लागि सबैथोक जन्म घरबाटै सिकेर जानुपर्ने । फुर्सद कहा हुनु छोरी मान्छेलाई आफ्ना बारेमा वा देशका बारेमा सोच्नु, उनलाई त घर सम्हाल्नु छ । यस्तै सोच त छ हाम्रो समाजमा । छोरी मान्छे बिना घर सफा हुदैन, कसले झाडुपोछा गर्ने ।


छोरी मान्छे बिना पेट भोको हुन्छ, कसले खाना बनाइदिने । छोरी मान्छे बिना घर अध्यारो हुन्छ, कसले बत्ती बालिदिने । त्यसै पनि छोरी मान्छे बिनाको घर त दिउसै पनि अध्यारो जस्तै हुन्छ । छोरी मान्छे बिना वंश विनाश हुन्छ, कसले बच्चा जन्माइदिने । छोरी मान्छे बिना जीवन नै शुन्य हुन्छ, छोरी मान्छेबाट जति आनन्द प्राप्त गर्ने गरिन्छ अन्य भौतिक वस्तुबाट कहाँ रु मनोरन्जन लिन सकिने सबैभन्दा उत्तम माध्यम छोरी मान्छेनै हो यो समाजमा । चाहे उनी उच्च घरानीया की हुन्, चाहे दिमाग बिग्रेर बाटोमा बिनासित्ती हिडिरहने छोरी हुन् । सबै प्रकारका छोरीहरुबाट उस्तै आनन्द लिन सकिने, हैन भने दुर्गन्धले छेउसम्म पनि पुग्न नसकिने मानसिक रुपमा कमजोर छोरीहरु पटक  पटक बलात्कार हुने थिएनन्, न पटक पटक गर्भवती हुने थिए ।दिन बित्छन् , महिना बित्छन् , साल बित्छन् तर छोरी मान्छेलाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आउदैन । हरेक क्षेत्रमा छोरी मान्छेको महत्व धेरै बढीसकेकोे छ ।


विशेषगरी प्रोफेसनल क्षेत्रमा, तर सामाजिक काममा भने छोरी मान्छे अझै अग्रसर हुन सक्दिनन् । सामाजिक राजनीतिक काममा पाइला अगाडी सार्न खोज्दा निकै कठिनाइ भोग्नु पर्ने हुन्छ एउटी छोरी मान्छेलाई । छोरी मान्छे पनि सामाजिक प्राणी हो । तर सामाजिक सांस्कृतिक संस्कारले छोरीलाई घरपालुवा जनावर बनाइदिन्छ । बरु घरमा पालिने गाईलाई लक्ष्मी माता भन्दै पुजा गरिन्छ, सम्मान गरिन्छ, अभद्र व्यवहार गरे पाप लाग्छ भनिन्छ । गाईको सम्मान गरिने त्यही समाजमा छोरी मान्छे माथि अनेक किसिमका अभद्र व्यवहार गरिन्छन् । अनि त लाग्छ छोरी मान्छेको सम्मान घरमा पालिने गाई बराबरको पनि हुदैन । विकसित मुलुकका छोरी मान्छेले हरेक क्षेत्रमा अकल्पनीय प्रगती गरिसकेका छन् । पुरुषले गर्न सकेका केही काम बांकी नहोलान् जुन छोरी मान्छेले गर्न सकेका छैनन् ।  तर हाम्रो समाजलाई भने पोथी बासेको मन पर्दैन अझै पनि । पोथीले नाच्न सक्ने भैदिए, पोथीले नाचेको पनि मन पर्दैनथ्यो होला । पोथीले गाउन सक्ने भैदिए, पोथीले गाएको पनि मन पर्दैनथ्यो होला । पोथीले लेख्न सक्ने भैदिए, पोथीले लेखेको पनि मन पर्दैनथ्यो होला । पोथीले गरेको कुनै पनि कुरा यो समाजलाई मन पर्दैन । गाह्रो हुन्छ पचाउन, जब छोरी मान्छे सबै रुढीवादी अन्धविशवासको घेरा तोडेर अगाडी बढ्न चाहन्छिन् । पचाउदैन समाजले जब छोरी मान्छे आफ्नै बलबुतामा जीवन आफ्नै तरिकाले जीउन चाहन्छिन् ।


यति स्वतन्त्रता छैन छोरी मान्छेलाई कि आफ्नो जीवन आफै बांच्न सकुन् । छोरी मान्छे त प्यारासाइट भएको सुहाउछ यो समाजमा । जब छोरी स्वतन्त्रतापूर्वक बांच्ने सपना देख्छिन् , त्यहां सुरक्षाको कुरा आउछ । र छोरीमान्छे कहीकतै सुरक्षित हुदिनन् । न विद्यालयमा, न अफिस, न बजार, न खुला चौरमा । कहिले त न आमाबाबुको घरमा, न श्रीमान्को घरमा । सुरक्षाको कारण देखाएर छोरी मान्छे कुण्ठित भएर बस्नुपर्छ । सुरक्षाको नाममा छोरी मान्छेले आफ्नो स्वतन्त्रतालाई तिलाञ्जली दिनपर्छ । तर पनि चाहे चारैतिर छोरी मान्छे असुरक्षित रहुन्, उनलाई त प्यारो स्वतन्त्रतानै छ । पिजडामा कैद चरी होस् वा शेर, तिनलाई पनि  प्यारोस्वतन्त्रतानै हुन्छ  भने छोरी त मानव हुन् । सुरक्षाको नाममा किन स्वतन्त्रता त्याग गरुन् । छोरी मान्छे उड्न चाहन्छिन् चंगा भएर होईन, जसको डोरी कोही अरु कसैको हातमा होस् । उनी त उड्न चाहन्छिन् स्वतन्त्र चरा जसरी । हो, स्वतन्त्रताको नाममा स्वच्छन्दता भने कोही कसैले अपनाउन हुदैंन ।


छोरी मान्छेले धेरै चुरीफुरी गर्न हुदैन, यस्तै भन्छ समाजले । सके सम्म छोरी मान्छे घरभित्र कैद हुने, यदि घरबाहिर जानुनै छ भने पनि छोरी मान्छेका लागि बनाइएका सिमामा बस्ने, अरुका कुरा सुन्ने, , जे भन्छन् मान्ने, आफ्नो दिमाग धेरै नचलाउने । छोरीले यी परम्परा विरुद्ध थोरै पनि आफ्नो दिमाग चलाइन् भने त चरित्रहिन भइहालिन् नि । छोरा मान्छेले चाहे जतिसुकै  केटीहरुसंग सम्बन्ध बनाओस्, उ कहिल्यै चरित्रहिन हुदैन । चरित्रहिन भनि हल्ला पिटिदैन । बरु उसलाई कुनै आरोप लगाउनुनै छ भने भ्रष्टाचारको आरोप लगाइएला । छोरा मान्छेलाई सुहाउने आरोप भ्रष्टाचार हो, चरित्रहिन भन्न त छोरी मान्छेलाई पो सुहाउछ । छोरी मान्छेका लागि सबैभन्दा अपमानजनक शब्द चरित्रहिन हुन्छ । फेरी सामाजिक राजनीतिक काममा हिड्दा त झन् धेरै सहकर्मी साथीहरु हुन्छन्, त्यसमा पनि बढी पुरुषनै । अनि उनको जीवन सिद्याउनु छ भने उनको चरित्र हत्या गरे पुग्यो । सास फेर्न आफै छोड्छिन्, यदि छोरी मान्छेले “छोरी मान्छेसंग कुनै पनि कुराको प्रतिशोध लिनु छ भने उनको नाम धेरै पुरुषसंग जोडिदिए पुग्छ” भन्ने सत्यतालाई बुझेकी छैनन् भने ।
समाज २१औं शताब्दीमा पुगिसक्यो, समाज आधुनिकतातिर अगाडी बढिसक्यो । महिला अधिकारका आवाजहरु चारैतिर गुञ्जिन्छन् । तर छोरी मान्छेले छोरी मान्छेका निम्ति बोल्दा लेख्दा फेमिनिष्ट भनेर आरोप लगाउनेहरु पनि थुप्रै हुन्छन् । फेमिनिजम भन्ने कुरा लिंगले निर्धारण गर्ने हो र रु छोरी मान्छेका पक्षमा पुरुषहरुले पनि त बोल्ने लेख्ने गरेका छन् । फेमिनिजम त चाहे महिला होस् चाहे पुरुष, लिंगले होईन, सोचले निर्धारण गर्ने गर्दछ । होईन भने त सबै छोरी मान्छे  फेमिनिष्ट हुनुपर्ने । तर समाजमा एउटी छोरी मान्छेले आर्को छोरी मान्छे माथि दुव्र्यवहार गरेको देखिन्छ । प्रष्ट रुपमा भन्नुपर्दा सासूले बुहारी प्रति गर्ने गलत व्यवहार । त्यस्तो व्यवहार गर्ने सासू त पुरुषप्रधान सामाजिक मानसिकताको उपज हो । लिंगलेनै फेमिनिजम निर्धारण गथ्र्यो भने त कुरो अर्कै हुन्थ्यो नि  ।


अहिलेको सामाजिक सर्कलमा फेमिनिजमलाई हेर्ने दृष्टिकोण यति धेरै नकारात्मक छ कि भनि साध्य छैन । फेमिनिजम सुन्यो कि यी त पुरुषकै विरुद्धमा छन् वा पुरुषलाई सम्पूर्ण रुपमा निषेध गर्न चाहन्छन् भन्ने आम सोचाई देखिन्छ । हो, पुरुषको तुलनामा महिला बढी, बढी मात्र हैन झन धेरै बढी पिडित छन् । त्यसकारण महिलाका पक्षमा बहस बढी गरिन्छन् । र यो सत्यताका आडमा गरिने बहसमा पुरुषलाई निषेध गरेको देख्नु नितान्त रुपमा पुरुषप्रधान समाजको पुरुषवादी सोच हो ।गर्भावस्था देखिनै असमानतामा पिल्सिएकी छोरी असमानताका खाडलहरु पुर्नलाई खुट्टा अगाडी सार्दा बाटाहरुमा फूलैफूल त कहां भेटिन्थ्यो र रुत्यसैले जसरी पोथी बासेको मन पर्दैन भन्नेहरु थुप्रै भएपनि पोथीले बास्न छोड्दिन । त्यसैगरी पोथीले बोलेको लेखेको मन पर्दैन भन्नेहरु थुप्रै भएपनि पोथीले बोल्न लेख्न पनि छोड्नु हुदैंन । सहयोगी हातहरु थुप्रै भए पनि आफैं माथि गरिने असमान व्यवहारको अन्त्यका लागि छोरी मान्छे आफै बढी जिम्मेवार हुनपर्छ । यति आंट त छोरी मान्छेले गर्ने पर्छ ।

प्रतिकृया दिनुहोस

विकासको लागि राजनैतिक धैर्यता

सन् १९८० को दशकमा दुई जना पात्र र दुई वटा शब्द निरन्तर समाचारमा आइरहने र छाइरहने गर्थे । ति दुई पात्रहरुले दुई शक्ति सम्पन्न राष्ट्रको प्रतिनिधित्व

भावी सन्ततीका लागि यसो गरे कसो होला ?

प्रेमप्रसाद लम्साल आदरणीय अभिभावकज्यूहरु, सादर प्रणाम । आशा छ कि जो, जहाँ र जुनसुकै स्थानमा भएपनि आराम, हाँसीखुशी र एउटा असल अभिभावकको भूमिका निर्वाह

जिम्बाबेमा राजनीतिक संकट लम्बिने, सत्तामा रहिरहने मुगाबेको घोषणा

मंसिर ४ – जिम्बाबेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफू अझै सत्तामा रहिरहने बताउनुभएको छ । देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति मुगाबेले आफू आउँदो