बन्दका कारण बाँके, बर्दिया सहित पश्चिम क्षेत्रका यात्रुहरु मर्कामा, बन्दको मौका छोपी यात्रुबाट दोब्बर भाडा असुली

views:-413


भावुक योगी, बर्दिया, असोज ४ सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्दै गाडी दुर्घटनामा यात्रुको ज्यान गए चालकले जेल जानुपर्ने कडा व्यवस्था गरेको भन्दै चालकले गरेको आन्दोलनका कारण तिन दिन देखि लामो तथा छोटो दूरीका गाडी नचल्दा यात्रुहरु मर्कामा परेका छन् । 

 


चालकले मंगलबारदेखि आन्दोलनको घोषणा गरेपछी साँझ र विहानमा लामो दुरीका सवारी साधन छिटपुट रुपमा चलेपनी छोटो दुरीका सवारी साधन नचल्दा बाँके, बर्दिया सहित पश्चिम क्षेत्रका यात्रुहरु मर्कामा परेका हुन् । गाडी नचल्दा राजमार्ग संगै सदरमुकाम जोडने हुलाकी सडक पनि सुनसान छन् ।

 


मंगलबार देखि आज विहीवार सम्म लामो दूरीका गाडी केही चलेपनि छोटो दुरीका सवारी साधन चल्न सकीरहेका छैनन् । छिटपुट रुपमा चलेका सवारी साधनले दोब्बर तेब्बर भाडा असुली गरेको समेत गुनासो आउने गरेको प्ररीले जनाएको छ । 

 


पुर्व पश्चिम राजमार्गमा चल्ने सवारी साधनले बन्दको मौका छोपी यात्रुबाट दोब्बर भन्दा बढी भाडा असुली गरेको गुनासो प्रहरीमा आएपछी प्रहरीले १६ जना यात्रुको बढी रकम फिर्ता दिलाएको छ । 

 


नेपालगंजबाट पश्चिम तर्फ बर्दियाको भुरिगाँउ, कैलालीको लम्की, अतरीयासम्म जाने यात्रुहरुबाट दोब्बर भन्दा बढी भाडा असुली गरेको गुनासो आएपछी इलाका प्रहरी कार्यालय भुरीगाँउले यात्रुबाट लिएको बढी रकम फिर्ता दिलाएको हो । 

 


नेपालगंज र कोहलपुरबाट भुरिगाँउ सम्म आउने यात्रुहरुबाट ३ सय रुपैँया लिएको नैने बिकले गुनासो गर्नुभयो । कैलाली लम्कीकी पुजा हमालले नेपालगंजबाट लम्कीसम्म एक जनाको २३० रुपैँया भाडामा आईन्थ्यो, तर आज २ जनाको भाडा एक हजार तिर्नु परेको गुनासो गर्नुभयो ।

 


नेपालगंजबाट भुरीगाँउ सम्म १७० रुपैँया भाडादर छ । यस्तै कैलालीको अत्तरीयासम्म ३९०, लम्कीसम्म २३० भाडादर तोकीएको छ । तर भुरिगाँउसम्म ३०० रुपैँया, लम्कीसम्म ५००, कैलालीको अत्तरीयासम्म ८००, रकम असुली गरीरहेको पाईएको प्रहरीले जनाएको छ । 

 


यात्रुबाट बढी रकम लिएको भे १ ज ६९४ नम्बरको उइङ्गर सवारी साधनलाई इलाका प्रहरी कार्यालय भुरीगाउँमा राखेर १६ जना यात्रुको रकम फिर्ता दिलाईएको र सवारी साधनलाई कारबाही स्वरुप जरिवाना तिराईएको ईप्रका भुरिगाँउका प्रहरी निरीक्षक प्रदिप कुमार डिसीलेले जानकारी दिनुभयो ।

 


यात्रुहरुबाट लिएको बढी रकम फिर्ता दिलाएर, कारवाही स्वरुप जरिवाना तिराईएको र यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन समेत पठाईएको प्रहरी निरीक्षक डिसीले बताउनुभयो ।

 


सवारी साधनले दोब्बर भन्दा भाडा लिईरहेको गुनासो आएपछी ईप्रका भुरीगाँउले सवारी साधन छडके रुपमा चेकजाँच पनि सुरु गरेको छ । कुनैपनि सवारी साधनले यात्रुबाट बढी मागेमा नदिन हुन र बढी भाडा लिएको भएमा तुरुन्त प्रहरीमा खबर गर्न समेत ईप्रका भुरिगाँउले अनुरोध गरेको छ । 

 


सवारी साधनले दोब्बर भाडा लिएको गुनासो आएमा ट्राफिक प्रहरी खटाउने र बढी रकम लिएको पाईए यात्रुलाई रकम फिर्ता गर्न पठाएर सवारी साधनलाई कारबाही गरीने प्रहरीले जनाएको छ । नेपालगंजबाट भुरिगाउँ सम्म १७० रुपैँया, कोहलपुरबाट १४० भाडा लिईरहेको भेरी बागेश्वरी यातायात व्यावसाय संघ शाखा  भुरीगाँउ  काउण्टरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

बर्दिया कर्णाली प्रदेशमा जोडिन प्रक्रिया सुरु

टाइगरखबर, बर्दिया, पौष १९ । बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न औपचारिक प्रक्रिया सुरु गरिएको छ । नेपाली काँग्रेस बर्दियाका सभापति समेत प्रतिनिधिसभा

घना बस्तीमा जाडो याममा भीषण आगलागी, ८७ घर जलेर नष्ट

टाइगरखबर, पौष, ९ । कालिकोटको पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  । आइतबार रातिबाट लागेको आगो

प्रदेश ५ का ८ सहकारीलाइ प्रोबेसन ब्राण्ड प्रदान 

टाइगरखबर ,बर्दिया, पौष ६ । प्रदेश ५ का ८ वटा सहकारी संस्थाले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् । सहकारी विभाग र राष्ट्रिय सहकारी संघले आफ्ना सदस्य