बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ बढ्दै, बर्दियामा बाघको संख्या ५० बाट बढेर ८७ पुग्यो

views:-893

भावुक योगी, बर्दिया, असोज ७ बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या फेरी बढेको छ । यसअघि ५० वटा बयस्क पाटे बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा यसवर्ष ३७ वटा बाघको संख्या थपिएर हाल ८७ वटा बयस्क बाघ पुगेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो । 

 


बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र तथा आसपासका वन क्षेत्रमा न्युनतम ८२ देखि अधिकतम ९७ वटा बाघ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भुसंरक्षण विभागले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा प्रकाशनका सम्बन्धमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

 


देशभर बाघको संख्या बढीरहेका बेला चितवनमा भने बाघको संख्या घट्दै गएको छ । यसअघि १२० वटा पाटे बाघ रहेको चितवन निकुञ्जमा २७ वटा बाघ घटेर ९३ वटामा झरेको छ । यसअघि चार वर्ष पहिले गरिएको बाघ गणनामा पनि १२५ बाट घटेर १२० मा झरेको थियो । 

 


सन् २००८ मा गरीएको गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १८ वटा बाघ रहेकोमा सन् २०१२ मा गरीएको गणनामा ३७ वटा बयस्क बाघ रहेका थिए । सन् २०१३ मा गरिएको बाघ गणनामा ५० वटा वयस्क बाघ रहेकोमा गत वर्ष सन् २०१७ मा गरिएको बाघ गणनामा बर्दिया निकुञ्जमा बाघको संख्या बढेर ८७ वटा पुगेको हो । 

 


राष्ट्रिय बाघ गणना प्रत्येक चार वर्षमा गरीने गरिन्छ । आठ वर्षअघि नेपालमा १२१ वटा बाघ रहेका बेला सन् २०२२ भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने अर्थात २५० पुर्याउने नेपाल सरकारको लक्ष्य रहेको थियो । लक्ष्य अनुरुप बर्दिया राष्ट्रिय निकुञ्जमा हरेक गणनामा बाघको संख्या बढ्दै गएको छ । 

 


यसअघि सन् २००० मा बर्दिया निकुञ्जमा ४३ वटा बाघ रहेकोमा द्धन्द्धकालका बेला सुरक्षा कमजोरीका कारण बर्दियामा धेरै बाघ मारीएपनि पछिल्लो समयमा स्थानीय वासिन्दाको सक्रियता, बाघको राम्रो हेरचाह संरक्षणका साथै बर्दिया निकुञ्ज बाघका लागि उपयुक्त वासस्थान र बाघको आहारा प्रजाती बढेकोले पनि बाघको संख्या बढ्दै गएको निकुञ्जको भनाई छ ।

 


नेपालभर १९८ वटा पाटे बाघ रहेकोमा अब बाघको संख्या बढेर २३५ पुगेको निकुञ्जले जनाएको छ । चितवनमा १२० बाट घटेर ९३, बर्दियामा ५० बाट बढेर ८७, सुक्लामा १७ बाट घढेर १६, पर्सामा ७ बाट बढेर १८ र बाँकेमा ४ बाट बढेर २१ गरी नेपालभर बाघको संख्या २३५ पुगेको सार्वजनिक गरीएको छ । नेपालभर न्युनतम २२१ देखि अधिकतम २७४ वटा बाघ रहेको विज्ञप्तिमा उल्लेख छ । 

 

 

सन् २०१७ को डिसेम्बर १६ देखि २०१८ मार्च ११ सम्म क्यामरा ट्रयापिङ्ग प्रबिधीबाट गरिएको बाघ गणनाको संख्या आज आइतबार सार्वजनिक गरीएको हो । बर्दिया राष्ट्रिय निकुञ्जका ५ सय ७७ स्थानमा क्यामरा जडान गरी २५० जना प्राविधिकद्धारा गतवर्ष २०१७ डिसेम्बर १६ देखि बाघ गणना सुरु गरिएको थियो ।

 

 

यसअघि विश्व बाघ दिवसको अवसर पारी बाघको संख्या सार्वजनिक गरीने भनिएपनि प्राविधिक कारणले सार्वजनिक गर्न सकिएको थिएन । देशैभर गरीएको बाघ गणनाको संख्या आज आइतवार सार्वजनिक गरीएको हो । 

 

 

यस्तै बर्दिया निकुञ्जमा अवलोकनका लागि थपभएका ४ वटा प्रवेशद्धारा मध्ये अम्रेनी पोष्ट प्रवेशद्धारको आज आइतवार ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्टले उद्घाटन गर्नु भएको छ ।

 


 

प्रतिकृया दिनुहोस

बर्दिया कर्णाली प्रदेशमा जोडिन प्रक्रिया सुरु

टाइगरखबर, बर्दिया, पौष १९ । बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न औपचारिक प्रक्रिया सुरु गरिएको छ । नेपाली काँग्रेस बर्दियाका सभापति समेत प्रतिनिधिसभा

घना बस्तीमा जाडो याममा भीषण आगलागी, ८७ घर जलेर नष्ट

टाइगरखबर, पौष, ९ । कालिकोटको पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  । आइतबार रातिबाट लागेको आगो

प्रदेश ५ का ८ सहकारीलाइ प्रोबेसन ब्राण्ड प्रदान 

टाइगरखबर ,बर्दिया, पौष ६ । प्रदेश ५ का ८ वटा सहकारी संस्थाले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् । सहकारी विभाग र राष्ट्रिय सहकारी संघले आफ्ना सदस्य