पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

views:-405

टाइगरखबर, बर्दिया, असोज २०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका अध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार, उनका छोरा तथा अहिलेका अध्यक्ष सुमित रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । हरिनारायाण रौनियार संघीय समाजवादी फोरम नेपालका सांसद हुन् । 

 


भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै उनको सांसद पद निलम्बनमा परेको छ । पप्पु कन्स्ट्रक्सनले समयमा नै ठेक्काको काम नसकेको, गुणस्तरहिन काम गरेकोलगायतका आरोप लाग्ने गरेपछि रौनियारले पप्पु कन्स्ट्रक्सनको अध्यक्षबाट राजीनामा दिएर छोरालाई अध्यक्ष बनाएका थिए । 

 


पप्पु कन्स्ट्रक्सनबाट राजीनामा दिएको भने पनि ठूला–ठूला र महत्वपूर्ण ठेक्का हात पार्न रौनियारले आफ्नो राजनीतिक सम्बन्धलाई प्रयोग गर्दै आएका थिए ।  बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तरहिन सामग्री प्रयोग भएको, पुल बनाउँदा नै बाङ्गो देखिएको  र उद्घाटन नहुँदै भत्किएको लगायतको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।  

 


संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको हो । 
 

प्रतिकृया दिनुहोस

बर्दिया कर्णाली प्रदेशमा जोडिन प्रक्रिया सुरु

टाइगरखबर, बर्दिया, पौष १९ । बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न औपचारिक प्रक्रिया सुरु गरिएको छ । नेपाली काँग्रेस बर्दियाका सभापति समेत प्रतिनिधिसभा

घना बस्तीमा जाडो याममा भीषण आगलागी, ८७ घर जलेर नष्ट

टाइगरखबर, पौष, ९ । कालिकोटको पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  । आइतबार रातिबाट लागेको आगो

प्रदेश ५ का ८ सहकारीलाइ प्रोबेसन ब्राण्ड प्रदान 

टाइगरखबर ,बर्दिया, पौष ६ । प्रदेश ५ का ८ वटा सहकारी संस्थाले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् । सहकारी विभाग र राष्ट्रिय सहकारी संघले आफ्ना सदस्य