ठाकुरबाबा नगरपालिकाको कृषि शाखाबाट कृषकहरुलाई अनुदान दिदैं

views:-298

टाइगरखबर, बर्दिया, कार्तिक ८, बर्दियाको ठाकुरबाबा नगरपालिका अन्र्तगतको कृषि शाखाबाट नगरपालिका क्षेत्रका कृषक, कृषक समूह तथा कृषि सहकारीलाई विभिन्न शिर्षकमा अनुदानको कार्यक्रमहरु प्रदान गर्न सुरु गर्ने भएको छ । 

 


कृषि शाखाले सुचना प्रकासन तथा प्रसारण गरी नगरपालिका क्षेत्रका कृषक, कृषक समूह तथा कृषी सहकारी संस्थाहरुलाई आवेदनका लागि आव्हान गरेको समय सकिए लगत्तै अनुदान प्रदान गर्ने भएको कृषि शाखाका प्राविधिक बिरेन्द्र रावतले जानकारी दिनुभयो ।

 


ठाकुरबाबा नगरपालिका कृषि शाखाबाट कृषकहरुका लागि आधुनिक यान्त्रिकरण, लक्षित कार्यक्रम यूवा, महिला तथा विपन्न, र प्रतावनामा आधारित कार्यक्रमहरुका लागि आवेदन आव्हान गरेको छ । 

 


यान्त्रिकरणमा ४० प्रतिशत, लक्षित कार्यक्रममा सानोमा २५ हजार रुपैँया र ठुलोमा ५० हजार रुपैँया यसैगरी प्रस्तावनामा आधारित कार्यक्रममा साना पकेट विस्तारका लागि प्रति पकेट एक लाख रुपैँया र कृषि उपज हाटबजार प्रर्वधन कार्यक्रमका लागि ८ लाख रुपैँया अनुदान प्रदान गरिने कृषि शाखाले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

पेरौहुवा चटिया सामुदायिक बनलाई बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना हस्तान्तरण

टाइगर खबर, बर्दिया, पुस २१ । बर्दियाको ठाकुरबाबा नगरपालिका ३ र ५ मा पर्ने पेरौहुवा चटिया सामुदायिक बनलाई बैज्ञानिक वन व्यवस्थापनका लागि

नेपाली सेनाको सफलता : बर्दिया निकुञ्ज भित्रबाट ३ थान भरुवा बन्दुक सहित महिला पक्राउ

भावुक योगी, बर्दिया, मंसिर २४ ।  बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले निकुञ्जको उत्तरी क्षेत्रबाट ३ थान भरुवा बन्दुक र

जलवायु परिवर्तन तथा बिपत व्यबस्थापन सम्बन्धि संकटा सन्नता बिश्लेषणत्मक कार्यक्रम

रामबहादुर थापा, बर्दिया, र्काितक २७ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा जलवायु परिवर्तन तथा बिपत व्यबस्थापन सम्बन्धि वडा स्तरीय संकटा