भुरिगाउँमा खुल्ला क्रिकेट प्रतियोगिता सुरु

views:-515

टाइगरखबर, बर्दिया, कार्तिक ८,बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा रहेको भुरिगाउँ क्रिकेट क्लवको आयोजनामा आज विहिवार देखि खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

 


पहिलो दिन दुई वटा खेल सम्पन्न भएका छन् । भुरीगाउँ राईनो भरसेज कर्णाली क्रिकेट क्लव बिच भएको पहिलो खेलमा ७ विकेटले कर्णाली क्रिकेट क्लव बिजयी भएको छ । ४१ रन बनाएर बाहिरिएको भुरीगाउँ राईनोले ४२ रनको टारगेट दिँदा ७ विकेटले कर्णाली क्रिकेट क्लव विजयी भएको हो । 

 


यस्तै ईण्डियन हण्टरस भरसेज ज्यागुअर क्रिकेट क्लव बिच भएको दोस्रो खेलमा ईण्डियन हण्टरस १८ रनले बिजयी भएको आयोजका कोषध्यक्ष करण थारुले जानकारी दिनुभयो । पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा बर्दिया सहित बाँके, कैलाली लगायतका जिल्लाबाट गरि १६ वटा समुहको सहभागिता रहने जनाईएको छ । 

 


ठाकुरबाबा नगरपालिका, रतन अटो इन्टरप्राईजेज लगायतको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद र दोस्रो हुनेलाई ३० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । 

 


खेल नकआउन सिस्टमबाट हुने र कार्तिक १६ गतेसम्म खेल संचालन हुने भुरिगाउँ क्रिकेट क्लवका संयोजक निखिल गिरीले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माविले चुम्यो

सुदिप अधिकारी, टाइगरखबर, बर्दिया, पुस २ । ठाकुरबाबा नगरपालिकामा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी त्रिभुवन माध्यामिक

नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ठाकुरबाबामा सुरु

बिमला ढकाल, बर्दिया, मंसिर २७ । प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन ठाकुरवावा नगरपालिका १ भुरिगाउं स्थित सिंहवाहिनी

भुरीगाउँमा सम्पन्न खुल्ला क्रिकेट प्रतियोगितामा हिमालयन बारीयर्स नेपालगञ्ज ४० रनले बिजयि

बिमला ढकाल ,बर्दिया, कार्तिक १६ । कार्तिक ८ गतेबाट भुरीगाउँको सिहबाहिनी खेलमैदानमा शुरु भएको खुल्ला क्रिकेट प्रतियोगिता शुक्रबार सकिएको छ । शुक्रबार