ठाकुरबाबा नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकिमा सीटामोल, जिवनजल र कण्डम पनि अभाव

views:-211

टाइगरखबर, बर्दिया, कार्तिक ,१० बर्दियाको ठाकुरबाबा नगरपालिका अन्र्तगतका स्वास्थ्य चौकिमा अत्यावस्यक औषधी सीटामोल, जिवनजल र परिवार नियोजनका साधन अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।

 

 

अस्पताल पुगेका बिरामीहरुले स्वास्थ्य चौकिमा सीटामोल, जिवनजल र परिवार नियोजनका साधन समेत नपाएपछी मर्कामा परेका हुन् । अस्पताल आउने अधिकांश बिरामी परामर्श लिएर फर्कीने गरेका छन् । उनीहरुलाई नगरपालिका अन्र्तगतका स्वास्थ्य चैकिहरुले औषधि पुर्याउन सकिरहेको छैन । 

 

 

ठाकुरबाबा नगरपालिका अन्र्तगतका ४ वटै स्वास्थ्य चौकिमा अहिले औषधी अभाव छ । नेउलापुर स्वास्थ्य चौकि, बगनाह स्वास्थ्य चौकि, शिबपुर स्वास्थ्य चौकि र ठाकुरद्धारा स्वास्थ्य चौकिमा औषधि नहुँदा बिरामीहरु निजी मेडिकलबाट औषधी तथा परिवार नियोजनका साधनहरु किन्न बाध्य छन् ।

 

 

सरकारबाट निःशुल्क वितरण हुने विभिन्न प्रकारका औषधि समेत स्वास्थ्य चौकिमा छैनन् । स्वास्थ्य चौकिमा औषधि अभावका कारण सेवा प्रवाहमा समस्या भएको बताइएको छ । औषधी नभएको महिना दिन पुगीसक्दा समेत नगरपालिकाले औषधीको व्यवस्था गर्न सकेको छैन आएको छैन । टेण्डर प्रकृया ढिलाई हुँदा औषधी अभाव भएको बताईएको छ । 

 

 

औषधी नहुँदा बिरामीहरु पनि स्वास्थ्य चौकीमा कम आउन थालेका ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको नेउलापुर स्वास्थ्य चौकिका प्रमुख बिष्णुप्रसाद ज्ञवालीले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस