भुरीगाउँमा सम्पन्न खुल्ला क्रिकेट प्रतियोगितामा हिमालयन बारीयर्स नेपालगञ्ज ४० रनले बिजयि

views:-367

बिमला ढकाल ,बर्दिया, कार्तिक १६ । कार्तिक ८ गतेबाट भुरीगाउँको सिहबाहिनी खेलमैदानमा शुरु भएको खुल्ला क्रिकेट प्रतियोगिता शुक्रबार सकिएको छ । शुक्रबार हिमालयन बारीयर्स नेपालगञ्ज भर्षेज न्यु जोर्नि क्रिकेट क्लबबिच भएको फाईनल खेलमा हिमालयन बारीयर्स नेपालगञ्ज ४० रनले बिजयि भएको छ ।

 


टस जितेर ब्याटिङ्ग रोजेको हिमालयन बारीयर्सले २० ओभरमा ८ विकेट खर्चदै १ सय ४४ रनको योगफल खडा गरेको थियो । हिमालयन बारीयर्सका तर्फबाट प्रनित थापामगरले ब्यक्तीगत ३३ बल खेलेर ५ चौका र ३ छक्काको मद्धतले ४५ रन बनाउनुभयो ।
१४५ रनको लक्ष्य पछ्याएको न्यु जोर्नी क्रिकेट क्लबले सबै विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । प्रथम सुजुकि रतन अटो इन्टरप्राइजेज भुरीगाउँ टि २० क्रिकेट टुणामेन्टमा न्यु जोर्नी क्रिकेट क्लबका सुमन डागि उत्कृष्ट बलर बन्न सफल हुनुभएको छ ।

 

यस्तै प्रतियोगीता भरी ११० रन बनाउदै हिमालयन बारीयर्सका प्रनित थापामगर उत्कृष्ट बयाट्स म्यान बन्नुभएको छ ।  यसैगरि ब्यक्तीगत १२० रन बनाउदै भुरीगाउँ टाईगर्स क्लबका प्रकास न्यौपाने उत्कृष्ट खेलाडि बन्न सफल भएको भुरीगाउँ युथ क्लबमा कोषाध्यक्ष करण थारुले जानकारी दिनुभयो ।

 


पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा बर्दिया सहित बाँके, कैलाली लगायतका जिल्लाबाट गरि १६ वटा समुहको सहभागिता रहेको थियो । ठाकुरबाबा नगरपालिका, रतन अटो इन्टरप्राईजेज लगायतको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने समुह हिमालयन बारीयर्स नेपालगञ्जले नगद ५० हजार जितेको छ भने दोस्रो हुने न्यु जोर्नि क्रिकेट क्लबलाई ३० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । 

 


क्रिकेट क्लवका अध्यक्ष हर्षल भण्डारीको अधयक्षतामा सम्पन्न भएको खेलको समापन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खदेन्द्र प्रसाद खनाल, ईलाका प्रहरी कार्यालय भुरीगाउँका इनिस्पेक्टर प्रदिप कुमार डिसी, रतन अटो इन्टरप्राईजेजका प्रोप्राईटर बिबेक शाहाको बिशीष्ट आथित्यता रहेको थियो । 

 


यस्तै कार्यक्रममा वडा नमबर १ का बडा अध्यक्ष श्यामलाल थारु, खाखो संघ बर्दियाका अध्यक्ष छत्र बहादुर शाहि लगाएतको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माविले चुम्यो

सुदिप अधिकारी, टाइगरखबर, बर्दिया, पुस २ । ठाकुरबाबा नगरपालिकामा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी त्रिभुवन माध्यामिक

नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ठाकुरबाबामा सुरु

बिमला ढकाल, बर्दिया, मंसिर २७ । प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन ठाकुरवावा नगरपालिका १ भुरिगाउं स्थित सिंहवाहिनी

भुरिगाउँमा खुल्ला क्रिकेट प्रतियोगिता सुरु

टाइगरखबर, बर्दिया, कार्तिक ८,बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा रहेको भुरिगाउँ क्रिकेट क्लवको आयोजनामा आज विहिवार देखि खुल्ला क्रिकेट