वामदेव गौतमको फेरि उही अडान, निर्वाचन लडेरै छाड्ने

views:-140

टाइगरखबर सम्वाददाता, बर्दिया कार्तिक २३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता वामदेव गौतमले निर्वाचनको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनु भएको छ ।

 

बिहीबार साँझ रिपोर्टर्स क्लबले नेता गौतमको निवासमा गरेको देउसीभैलो कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो सुझाव दिनु भएको हुो ।

 

‘तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रले साझा घोषणापत्र जारी गरेर हामी निर्वाचनमा गयौँ । घोषणापत्रमा उल्लेख भएका विषयहरू लागू नभएसम्म हामी सुखी र समृद्ध हुनै सक्दैनौँ’, गौतमले ‘घोषणापत्र दोहोर्याएर हेर्न आग्रह गर्छु भन्नुभयो ।’

 

वरिष्ठ नेता माधव नेपाल र तपाईँको प्रधानमन्त्री ओलीसँग असन्तुष्टि छ भन्ने कुरा आएको छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीले राम्रो गर्नुभएन भनेको छैन । वर्तमान सरकारले जनताको अपेक्षा पूरा नगरेको गुनासो छ, त्यही कुरा भनेको हो । अरू त्यस्तो केही पनि होइन गौतमले भन्नुभयो ।’

 

त्यस्तै ‘मलाई सांसद बनाउनुर्पयो भनेर मागेको छैन बताउँदै आफूलाई पुनः संसद्मा ल्याउन पार्टीको सचिवालय बैठकले चुनाव लडाउने सर्वसम्मत निर्णय गरेको पनि उहाँको दाबी छ ।

 

गौतमले आफूलाई जिम्मा दिने हो भने पार्टी एकताको बाँकी सबै काम सकेर देखाइदिने पनि बताउनु भएको छ । ‘तीन महिनाभित्र एकीकरण गरेर सकिदिन्छु । त्यो पनि विवादरहित तरिकाले, यससम्बन्धी क्षमता छ गौतमले भन्नुभयो । कम्युनिस्ट आन्दोलनमा यसबारे विज्ञता हासिल गरेको उहाँको दावी छ ।

 

पार्टी एकतालाई तार्किक निष्कर्षमा पुयाउन अब सरकारले जिम्मेवारीपूर्वक आफ्नो कदम चाल्नुपर्ने पनि उहाँको धारणा छ । ‘म भएको भए जेठ अन्तिमसम्म एकता गरिदिन्थेँ गौतमले भन्नुभयो ।

 

यस्तै आफूलाई पार्टीका नेताहरूले अन्तर्घात गरेर चुनाव हराएको पनि गौतमको आरोप छ । ‘त्यो क्षेत्रमा म निर्वाचन हार्ने अङ्कगणित थिएन । स्थानीय निर्वाचनमा काँग्रेसको २४ हजार मत थियो ।

 

नेकपा माओवादीको २६ हजार र एमालेको ३० हजार, ‘यत्तिको फराकिलो मत हुँदाहुँदै पनि हार्न पुगेँ । ममाथि अन्तर्घात भएको कुरा प्रस्टै देखियो, त्यहाँ चलखेल भएकै हो उहाँले भन्नुभयो । बामदेव गौतमले आफू निर्वाचन लड्ने निर्णयबाट ‘ब्याक’ नभएको पनि जिकिर गर्नु भएको छ ।

 

गतवर्ष भएको प्रतिनिधीसभा निर्वाचनमा बामेदव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट संजयकुमार गौतम संग पराजित हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस

बर्दियामा पनि कांग्रेसको सरकार विरुद्ध प्रदर्शन

दीपक श्रेष्ठ, बर्दिया, गुलरिया, माघ २१ गते । नेकपा नेतृत्वको सरकारले गरेका पछिल्ला राजनितिक गतिविधिप्रति असन्तुष्टि जनाउदैं नेपाली कांग्रेस

रेशम चौधरीले ढाका टोपी लगाएर थारु भाषामा लिए सपथ

टाइगरखबर, पौष १९ । चुनाव जितेको एक वर्षपछि कैलाली एकबाट प्रत्यक्ष चुनाव जितेका रेशम चौधरीले बिहीबार सांसदको सपथ लिएका छन् । ढाका टोपीमा सजिएर आएका

रेशम चौधरीको सपथ ग्रहणको समय सर्‍यो

टाइगरखबर , पौष १९ । कारागारमा रहेका रेशम चौधरीले बिहीबार सांसदको सपथ ग्रहण गर्ने भएका छन् ।  कैलालीको टीकापुरमा आठजनाको ज्यान जानेगरी भएको घटनाको