भुरीगाउँमा घरपालुवा कुकुरलाई बन्ध्याकरण र रेविज बिरुद्धको खोप दिइदैं

views:-135

टाइगरखबर,बर्दिया,र्काितक २७ । बर्दियाको भुरीगाउँमा घरपालुवा कुकुरलाई बन्ध्याकरण र रेविज विरुद्धको खोप दिइएको छ । ठाकुरबाबा नगरपालिका र त्रिभुवन माध्यामिक विद्यालयको आयोजनामा मंगलबार घरपालुवा कुकुरलाई बन्ध्याकरण र रेविज विरुद्धको खोप दिइएको हो । 

 


त्रिभुवन माध्यामिक विद्यालय भुरिगाउँको प्राङ्गणमा संचालन भएको शिविरमा ६ वटा कुकुरलाई निशुल्क बन्ध्याकरण गरिएको र १५ वटा कुकुरलाई रेविज विरुद्धको खोप दिइएको शिविरमा सहभागी डाक्टर प्रमोद रानाले बताउनुभयो । 

 


ठाकुरबाबा नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामलाल थारुले मंगलबार विहान शिविरको उद्धघाटन गर्नुभएको थियो । शिविर बुधबार पनि संचालन हुने डाक्टर रानाले बताउनुभयो । शिविरमा त्रिभुवन माध्यामिक विद्यालय भुरिगाउँमा पशु विज्ञान अध्ययनरत् कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

 


त्रिभुवन माध्यामिक विद्यालय भुरिगाउँमा विगत ५ वर्ष देखि कक्षा ९ देखि १२ सम्म पशु विज्ञान विषयको पढाई भइरहेको छ । कुकुरलाई बन्ध्याकरण र रेविज विरुद्धको खोप दिने शिविर संचालन गरिनु अत्यन्त सरहानिय कार्य भएको स्थानिय चक्र बहादुर शाहीले बताउनुभयो । 


 

प्रतिकृया दिनुहोस

मधुबनमा सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर

हरि गुरुङ्ग, बर्दिया, माघ २८ । बर्दियाको मधुबन नगरपालिका वार्ड नं.२ फुलबारी मा एक दिने सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर सोमबार सम्पन्न भएको छ

सहिद दिबशको  अवसरमा भुरिगाउँमा बृहत रक्तदान कार्यक्रम ११२ जनाद्धारा रक्तदान 

भिमा कडेल, बर्दिया, माघ १७ ।  शहिद दिबशकोे अवसर पारी रक्तदान जीवनदान भन्ने मुल नाराका साथ आज बिहिबार ठाकुरबाबा नगरपालिका १ को वडा कार्यालयमा दोस्रो

राष्ट्रिय वाणिज्य बैंकद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दीपक श्रेष्ठ, बर्दिया,  माघ १० ।  राष्ट्रिय वाणिज्य बैंक ली. गुलरिया शाखाले आफ्नो बैंकको ५४ औँ वर्षगाठको अवसर पारेर गुलरियामा विपन्न