शैक्षिक निति कार्यान्वयन सम्बन्धि बर्दियाको ठाकुरद्धारामा दुईदिने कार्यशाला सुरु

views:-318

भावुक योगी, बर्दिया, कार्तिक ३० शैक्षिक निति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यशाला गोष्ठी बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्धारमा सुक्रवार देखि सुरु भएको छ ।


समन्वय इकाई प्रमुख एवं स्थानिय तहका शिक्षा प्रमुखहरुका लागि शैक्षिक निति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धि आयोजना गरिएको कार्यशालाले प्रदेश नम्बर ५ का सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धी गर्नमा थप सहयोग पुग्ने समेत शिक्षा विकास निर्देशनालयका निर्देशक जीत बहादुर शाहले जानकारी दिनुभयो ।


शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवलको आयोजनामा दाँग, बाँके, बर्दिया र कपिल्वस्तु जिल्लाका समन्वय इकाई प्रमुख एवं ४ वटा जिल्लाका ४० वटा स्थानिय तहका शिक्षा प्रमुखहरुका लागि दुईदिने अभिमुखिकरण कार्यशाखा गोष्ठी आयोजना गरिएको निर्देशक शाहले बताउनुभयो ।

 

उद्घाटन सत्रमा प्रमुख अतिथि रहनुभएका जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष शंकरप्रसाद थारुले राम्रो शिक्षा, राम्रो निति भएन र सामुदायिक विद्यालयहरु अझैँ पनि सुध्रिएन भने समाज र भावी सन्ततीले धिकार्ने छन् त्यसैले आफ्नो ज्ञान, सिप र क्षमताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धी गर्न तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । 


उहाँले देशलाई सफलतामा पुर्याउने भनैकै शिक्षा भएकाले सामुदायिक विद्यालयका शिक्षकहरु तालिम प्राप्त, योग्य, विज्ञ भएर पनि विद्यालय सुधार हुन नसेकेकोमा चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयको अहिलेको अवस्था निकै दयनिय छ, शैक्षिक गुणस्तरलाई राम्रो बनाउन तर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।


यसअघि बर्दियामा जिल्ला शिक्षा अधिकारीका रुपमा समेत रहनुभएका शिक्षा विकास निर्देशनालयका निर्देशक जीत बहादुर शाहले आफ्नो स्थानिय तहमा कस्तो शिक्षा ऐन बनेको र पारित भएको छ सो सन्दर्भमा पनि सहकार्य गरी अघि बढन सहभागि शिक्षा क्षेत्रका प्रमुखहरुलाई सुझाव दिनुभयो ।


यसअघि प्रदेश नम्बर ५ का अन्य जिल्लाहरुका समन्वय इकाई प्रमुख एवं स्थानिय तहका शिक्षा प्रमुखहरुका लागि पुर्वि रुकुम, रोल्पा, अर्घाखाँची र प्युठानमा कार्याशाला सम्पन्न गरिसकेको शिक्षा विकास निर्देशनालयका निर्देशक शाहले बताउनुभयो ।

 


चार जिल्लाका समन्वय इकाई प्रमुख तथा ४० वटा स्थानिय तहका शिक्षा शाखाका प्रमुखहरुलाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा शिक्षा क्षेत्रले कार्यक्रम आयोजना गरेको भन्दै सेन्स नेपालका केन्द्रिय अध्यक्ष एवं जगदम्बा माध्यामिक विद्यालयका प्रधानाध्यापक दिनेशचन्द्र गौतमले कार्याशाला गोष्ठीको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिनुभएको थियो ।

 


 

प्रतिकृया दिनुहोस

मधुबनमा सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर

हरि गुरुङ्ग, बर्दिया, माघ २८ । बर्दियाको मधुबन नगरपालिका वार्ड नं.२ फुलबारी मा एक दिने सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर सोमबार सम्पन्न भएको छ

सहिद दिबशको  अवसरमा भुरिगाउँमा बृहत रक्तदान कार्यक्रम ११२ जनाद्धारा रक्तदान 

भिमा कडेल, बर्दिया, माघ १७ ।  शहिद दिबशकोे अवसर पारी रक्तदान जीवनदान भन्ने मुल नाराका साथ आज बिहिबार ठाकुरबाबा नगरपालिका १ को वडा कार्यालयमा दोस्रो

राष्ट्रिय वाणिज्य बैंकद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दीपक श्रेष्ठ, बर्दिया,  माघ १० ।  राष्ट्रिय वाणिज्य बैंक ली. गुलरिया शाखाले आफ्नो बैंकको ५४ औँ वर्षगाठको अवसर पारेर गुलरियामा विपन्न