डोटीमा स्कुल बस दुर्घटना : कम्तीमा १६ जनाको ज्यान गयो

views:-184

टाइगरखबर, बर्दिया, मंसिर ६ ।  डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने संख्या १६ पुगेको छ ।

 

इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलबाट १६ जनाको शव निकालिएको छ । 

 

६५ जना चढेको गाडी भिरबाट खस्दा ज्यान गुमाउनेहरुमध्ये अहिलेसम्म १६ जनाको शव निकालिएको र ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । 

 

डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा पिसजोन बोर्डिङ स्कुलको बस भिरबाट खसेको हो । अहिले जिल्ला प्रहरी कार्यलय डडेलधुरा र डोटीको टोली घटनास्थलमा पुगेको छ । डोटीको ३६ नं। गणको सशस्त्र प्रहरीको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको छ ।

प्रतिकृया दिनुहोस

बर्दिया कर्णाली प्रदेशमा जोडिन प्रक्रिया सुरु

टाइगरखबर, बर्दिया, पौष १९ । बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न औपचारिक प्रक्रिया सुरु गरिएको छ । नेपाली काँग्रेस बर्दियाका सभापति समेत प्रतिनिधिसभा

घना बस्तीमा जाडो याममा भीषण आगलागी, ८७ घर जलेर नष्ट

टाइगरखबर, पौष, ९ । कालिकोटको पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  । आइतबार रातिबाट लागेको आगो

प्रदेश ५ का ८ सहकारीलाइ प्रोबेसन ब्राण्ड प्रदान 

टाइगरखबर ,बर्दिया, पौष ६ । प्रदेश ५ का ८ वटा सहकारी संस्थाले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् । सहकारी विभाग र राष्ट्रिय सहकारी संघले आफ्ना सदस्य