नेपाली सेनाको सफलता : बर्दिया निकुञ्ज भित्रबाट ३ थान भरुवा बन्दुक सहित महिला पक्राउ

views:-2752

भावुक योगी, बर्दिया, मंसिर २४ ।  बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले निकुञ्जको उत्तरी क्षेत्रबाट ३ थान भरुवा बन्दुक र विभिन्न बन्दोबस्तीका सामाग्री सहित एकजना महिलालाई पक्राउ गरेको छ । 


निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने खयरभट्टी पोष्टबाट निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणको नेपाली सेनाको टोलीले स्विप अपरेसन गस्ति गर्दै गएका बेला निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने पाताचुली इलाकाको खोँचमा लुकाई राखेको अवस्थामा ३ थान भरुवा बन्दुक सहित एकजना महिलालाई पक्राउ गरेको हो ।

 


निकुञ्जको उत्तरी क्षेत्र तेलपानी नजिकको पाताचुली इलाकाबाट सेनाले सुर्खेत शुकरमाला की ५० वर्षीया नन्दकली खत्रीलाई ३ वटा भरुवा बन्दुक र विभिन्न बन्दोबस्तीका सामाग्री सहित पक्राउ गरेको बर्दिया निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गण ठाकुरद्वाराका गणपति प्रमुख सेनानी चन्द्रप्रसाद चापागाईले जानकारी दिनुभयो ।


निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले ३ नाल भरुवा बन्दुक सहित १५ थान फलामको गोली, केप १ थान, बारुद ३ सय ग्राम, गन्धक बारुद १ पाकेट, ४ किलो वन्यजन्तुको सुकुटी, २ किलो बोसो, भाँडाकुडा लगायत शिकार खेल्न प्रयोग गरिने थुप्रै बन्दोबस्तीका सामाग्रीहरु पनि बरामद गरेको छ ।

 


अनुसन्धानका क्रममा पक्राउ परेकी महिलाले ४ जना शिकारी रहेको बताएपछि उनीहरुको पनि खोजी भईरहेको निकुञ्ज सुरक्षार्थ वि दल गणका गणपति चापागाइँले बताउनुभयो । महिलाले दिएको बयानका आधारमा शिकारीहरु पनि पक्राउ गर्ने उहाँले बताउनुभयो । 


घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेकी महिलाले शिकारीलाई खाना पकाएर खुवाउने लगायत शिकारीलाई विभिन्न सहयोग गर्दै आएको बताएकी छन् ।


निकुञ्जको कोरएरियामा शिकारी बसेको गोप्य सूचनाको आधारमा दुई दिनदेखि स्वीप अपरेसन गर्ने क्रममा निकुञ्ज भित्रबाट एकजना महिला सहित शिकार खेल्न प्रयोग हुने ३ वटा भरुवा बन्दुक र विभिन्न बन्दोबस्तीका सामग्री पक्राउ गरिएको उहाँले बताउनुभयो । 


पछिल्लो समय बर्दिया निकुञ्जमा सेनाले गस्ति अपरेसन तीव्र पारेको छ । केही दिन अघि नेपाली सेनाको सहयोगमा निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रमा चिरानी गरी लुकाई राखेको ३ सय २३ क्युफिट सालका चिरान काठ समेत बरामद थियो ।


निकुञ्जले सवारी गस्ती गर्न नसक्ने स्थानहरुमा छिटो पुग्नका लागि नेपाली सेनालाई २० वटा साइकल समेत उपलब्ध गराएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले निकुञ्जमा हुने अवैध गतिविधि रोक्न पैदल गस्ति संगै मोटरसाइकल, साइकल, हात्ती र सवारी गस्तीलाई प्राथमिकता दिएको छ ।

 


 

प्रतिकृया दिनुहोस

पेरौहुवा चटिया सामुदायिक बनलाई बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना हस्तान्तरण

टाइगर खबर, बर्दिया, पुस २१ । बर्दियाको ठाकुरबाबा नगरपालिका ३ र ५ मा पर्ने पेरौहुवा चटिया सामुदायिक बनलाई बैज्ञानिक वन व्यवस्थापनका लागि

जलवायु परिवर्तन तथा बिपत व्यबस्थापन सम्बन्धि संकटा सन्नता बिश्लेषणत्मक कार्यक्रम

रामबहादुर थापा, बर्दिया, र्काितक २७ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा जलवायु परिवर्तन तथा बिपत व्यबस्थापन सम्बन्धि वडा स्तरीय संकटा

ठाकुरबाबा नगरपालिकाको कृषि शाखाबाट कृषकहरुलाई अनुदान दिदैं

टाइगरखबर, बर्दिया, कार्तिक ८, बर्दियाको ठाकुरबाबा नगरपालिका अन्र्तगतको कृषि शाखाबाट नगरपालिका क्षेत्रका कृषक, कृषक समूह तथा कृषि सहकारीलाई विभिन्न