नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ठाकुरबाबामा सुरु

views:-307

बिमला ढकाल, बर्दिया, मंसिर २७ । प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन ठाकुरवावा नगरपालिका १ भुरिगाउं स्थित सिंहवाहिनी खेल मैदानमा बुधवार गरिएको छ ।

 

ठाकुरबाबा नगरपालिकाको आयोजना र संस्थागत विद्यालय युनियनको सहआयोजनामा सुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका प्रमुखअतिथि ठाकुरवावा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो ।  

 

त्यसैगरि प्रतियोगिताको उद्घाटन समारोहमा जनज्योती मावि वकुवामा अध्ययनरत खोखो खेलकी राष्ट्रिय खेलाडी प्रशान्ती थारुलाई मशाल वोकेर खेल मैदान परिक्रमा गराईएको थियो ।

 

ठाकुरवावा नगरपालिका अन्तरगतका २४ वटा विद्यालयका विद्यार्थीहरुले लामवद्द भएर ड्रमको तालमा राष्ट्रिय झण्डा र आफ्नो विद्यालयको झण्डा लिएर मार्चपास प्रस्तुत गरेका थिए । त्यसैगरि विभिन्न विद्यालयका वालवालिकाहरुले राष्ट्रिय गितमा नृत्य प्रस्तुत गरेका थिए भने जनचाहना आधारभुत विद्यालय डुम्रेनीका विद्यार्थीहरुले स्वागत गित प्रस्तुत गरेका थिए ।

 

उद्घाटन समारोहमा प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठ, वढैयाताल गाउँपालिकाका अध्यक्ष लालवहादुर श्रेष्ठ, शिक्षा विकास तथा समन्वय एकाई बर्दियाका इकाई प्रमुख डण्डपाणी शर्मा, संस्थागत विद्यालय युनियन ठाकुरबाबाका अध्यक्ष घनश्याम शर्मा अधिकारी, नगरस्तरीय सहकारी संजालका संयोजक दामोदर अधिकारी, नेकपा नगर कमिटी प्रमुख चक्र भण्डारी, किसान मावि वनकट्टीका प्रधानाध्यापक नवराज ढुंगाना लगायतका वक्ताहरुले खेलकुद प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै शैक्षिक पर्वको रुपमा संचालित खेलकुद प्रतियोगिताबाट विद्यार्थीहरुमा अनुशासन तथा स्वच्छ प्रतिस्पर्धाको भावना सहित खेलको माध्यमवाट फरक तरिकावाट सिकाई हुने विश्वास व्यक्त गर्नुभयो ।

 

ठाकुरवावा नगरपालिका स्तरीय शिक्षा तथा सामाजिक विकास समितिका संयोजक एवं ठाकुरवावा नगरपालिका ९ वडा अध्यक्ष राधा चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा शिक्षा शाखा प्रमुख एवं राष्ट्रपति रनिङ्ग शिल्ड मुल समितिका संयोजक सिता भण्डारीले स्वागत गर्दै कार्यक्रमको उद्देश्यवारे जानकारी गराउनु भएको थियो ।

 

राष्ट्रपति रनिङ्ग शिल्ड सचिवालय समितिका संयोजक वालकृष्ण आचार्यले संचालन गर्नु भएको प्रतियोगिताको उद्घाटन समारोहमा ठाकुरवावा नगरपालिका अन्तरगतका सवै सामुदायिक एवं संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।

 

राष्ट्रपति रनिङ्ग शिल्ड अन्तरगत वुधवार आयोजित माध्यमिक बिद्यालय स्तरीय १५ सय मिटर दौड प्रतियोगितामा छात्र तर्फ नेपाल राष्ट्रिय मावि कर्मलाका सुरेन्द्र परियार प्रथम, विविएस मेमोरिएल स्कुल ठाकुरद्धाराका डेविड शाही द्धितीय र जगदम्वा मावि मढेलाका मनोज महतारा तृतीय भएका छन् भने छात्रा तर्फ त्रिभुवन मावि भुरिगाउँकी आशा थारु प्रथम, नेपाल राष्ट्रिय मावि कर्मलाकी सम्झना विक द्धितीय र जनज्योती मावि वकुवाकी दिपा सुनार तृतीय भएको प्राविधिक समितिका संयोजक छत्रवहादुर शाहीले जानकारी दिनुभयो ।

 

राष्ट्रपति रनिङ्ग शिल्ड अन्तरगतका भलिबल, खोखो, एक सय मिटर, २ सय मिटर, ४ सय मिटर र सय गुणा ४ रिले, सटपट, लङजम लगायतका खेल विहिवारदेखि खेलाईने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माविले चुम्यो

सुदिप अधिकारी, टाइगरखबर, बर्दिया, पुस २ । ठाकुरबाबा नगरपालिकामा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी त्रिभुवन माध्यामिक

भुरीगाउँमा सम्पन्न खुल्ला क्रिकेट प्रतियोगितामा हिमालयन बारीयर्स नेपालगञ्ज ४० रनले बिजयि

बिमला ढकाल ,बर्दिया, कार्तिक १६ । कार्तिक ८ गतेबाट भुरीगाउँको सिहबाहिनी खेलमैदानमा शुरु भएको खुल्ला क्रिकेट प्रतियोगिता शुक्रबार सकिएको छ । शुक्रबार

भुरिगाउँमा खुल्ला क्रिकेट प्रतियोगिता सुरु

टाइगरखबर, बर्दिया, कार्तिक ८,बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा रहेको भुरिगाउँ क्रिकेट क्लवको आयोजनामा आज विहिवार देखि खुल्ला क्रिकेट