राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माविले चुम्यो

views:-707

सुदिप अधिकारी, टाइगरखबर, बर्दिया, पुस २ । ठाकुरबाबा नगरपालिकामा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी त्रिभुवन माध्यामिक विद्यालय भुरिगाउँले हात पारेको छ । खेलकुदको ९ वटा विधामा स्वर्ण पदक जिते पछि त्रिभुवन माविले राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हात पारेको हो ।  

 

 
 रनिङ्ग शिल्ड खेलकुदमा त्रिभुवन माविले छात्रा तर्फ १५ सय मिटरको दौड, छात्रमा ४ सय मिटर दौड, २ सय मिटर छात्रा दौड, रिले दौड छात्र– छात्रा, छात्र तर्फ सटपट खेलमा स्वर्ण पदक हात पार्यो । यसैगरि खोखो खेलमा छात्रछात्रा दुबै टिमले स्वर्ण जितेका छन् । भलिवलमा छात्र तर्फको टिमले स्वर्ण पदक हात पारेको छ । 

 

 

रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा ४ स्वर्ण पदकसहित जगदम्बा मावि मढेला दोस्रो भएको छ । भने, २ स्वर्ण पदक जितेर जनज्योती मावि तेस्रो भएको खेलकुद सचिवालय संयोजक बालकृष्ण आचार्यले जानकारी दिए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ जिल्लाको ठाकुरबाबा नगरपालिकामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता गत मंगलबारदेखि संचालन भएको थियो । 

 


 रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा नगर क्षेत्र भित्र रहेका माध्यामिक तह र आधारभुत तहमा अध्धयनरत् विद्यार्थीहरुले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा माध्यामिक तहमा छात्रछात्रातर्फ १ सय, २ सय, ४ सय, १५ सय र ४ सय मिटर रिले दौड प्रतियोगिता राखिएको थियो । यसै गरि माध्यमिक तहमै छात्रछात्रा दुबै तर्फ लङजम्प, सटपट, भलिबल र खोखोका खेलहरु संचालन भएका थिए  । 

 

 

 रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा माध्यमिक तहका सामुदायिक ६ र संस्थागत ८ वटा गरि १४ वटा विद्यालय सहभागी भएका थिए । यसैगरि प्रतियोगितामा आधारभुत तहका सामुदायिक विद्यालय ८ र संस्थागत २ गरि १० वटा विद्यालय सहभागी भएको आयोजकले जनाएको छ । ठाकुरबाबा नगरपालिका र संस्थागत विद्यालय युनियनले संयुक्तरुपमा प्रतियोगिताको आयोजना गरेका थिए ।
 

 

प्रतिकृया दिनुहोस

नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ठाकुरबाबामा सुरु

बिमला ढकाल, बर्दिया, मंसिर २७ । प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन ठाकुरवावा नगरपालिका १ भुरिगाउं स्थित सिंहवाहिनी

भुरीगाउँमा सम्पन्न खुल्ला क्रिकेट प्रतियोगितामा हिमालयन बारीयर्स नेपालगञ्ज ४० रनले बिजयि

बिमला ढकाल ,बर्दिया, कार्तिक १६ । कार्तिक ८ गतेबाट भुरीगाउँको सिहबाहिनी खेलमैदानमा शुरु भएको खुल्ला क्रिकेट प्रतियोगिता शुक्रबार सकिएको छ । शुक्रबार

भुरिगाउँमा खुल्ला क्रिकेट प्रतियोगिता सुरु

टाइगरखबर, बर्दिया, कार्तिक ८,बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा रहेको भुरिगाउँ क्रिकेट क्लवको आयोजनामा आज विहिवार देखि खुल्ला क्रिकेट