शाहिपुरमा १ दिने निशुल्क पशु स्वास्थ्य जाँच शिविर संचालन

views:-255

टाइगरखबर, बर्दिया, पौष ५ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ को शाहिपुरमा विहिवार संचालित १ दिने निःशुल्क पशु स्वास्थ्य जाच शिबिरमा करीव १ सय ६५ वटा पशुको स्वास्थ्य जांच गरिएको छ ।  


ठाकुरबाबा नगरपालिकाको आर्थिक बर्ष २०७५।७६ को कार्ययोजना अनुसार पशुसेवा साखा र चुरे माध्यमिक विद्यालय वगनाहाको प्राविधिक शिक्षा कार्यक्रमको सहकार्यमा पशु स्वास्थ्य जाँच शिबिर संचालन गरिएको ठाकुरवावा नगरपालिका पशुसेवा शाखाका प्राबिधिक जिबन कडँले जानकारी दिनुभयो ।


उक्त शिबिरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ अन्तरगतका झण्डै १ सय ६५ जना कृषकका बिरामी पशुको निःशुल्क उपचार गरिनुका साथै जुकाको औषधी, भिटामिन, मिनरल्स बाहय परजिबी, बिरुद्धको औषधि र २३ जना कृषकका पशुको पशु बन्ध्याकरणका साथै आबश्यक सल्लाह सुझाब दिइएको पशुशेबा शाखाका प्राबिधिक दिनेश पौडेलले जानकारी दिनुभयो ।


पशुस्वास्थ्य जाच शिबिरमा पशुसेवा शाखाका पशु चिकित्सक पदम बहादुर शाहि ,दिनेश पौडेल प्रशुराम जैसी ,जिबन कडेल त्रिभुबन माध्यमिक बिद्यालय भुरिगाउंका प्रशिक्षक डा. प्रमोद कुमार राना, चुरे माध्यमिक बिद्यालय वगनाहाका प्रशिक्षक एस.के.सिद्दान्त शर्मा र अर्जुन थापाले प्राविधिक सेवा पु¥याउनु भएको थियो ।


यसै गरि कार्यक्रममा चुरे माध्यमिक बिद्यालय वगनाहामा १८ महिने JTA अध्ययनरत विद्यार्थीहरुले पनि प्राविधिक सेवा प्रदान गरेका थिए ।


शिविरमा ठाकुरवावा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष गंगाराम जैसी,चुरे माध्यमिक विद्यालय वगनाहाका प्राबिधिक शिक्षा कार्यक्रमका संयोजक असिम कुमार पौड्याल,प्राविधिक  ,प्राबिधिक शिक्षाका विद्यार्थी एवम् स्थानिय कृषक गरि झण्डै २ सय ५० जनाको उपस्थिति रहेको थियो । 


पशु स्वास्थ्य जाच शिविर सम्पन्न भइसकेपछि शिबिर संचालन गर्दा कृषि हाट बजार केन्द्र वरिपरि भएको सम्पुर्ण फोहोर संकलन गरि सफा गरिएको थियो । 

प्रतिकृया दिनुहोस

मधुबनमा सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर

हरि गुरुङ्ग, बर्दिया, माघ २८ । बर्दियाको मधुबन नगरपालिका वार्ड नं.२ फुलबारी मा एक दिने सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर सोमबार सम्पन्न भएको छ

सहिद दिबशको  अवसरमा भुरिगाउँमा बृहत रक्तदान कार्यक्रम ११२ जनाद्धारा रक्तदान 

भिमा कडेल, बर्दिया, माघ १७ ।  शहिद दिबशकोे अवसर पारी रक्तदान जीवनदान भन्ने मुल नाराका साथ आज बिहिबार ठाकुरबाबा नगरपालिका १ को वडा कार्यालयमा दोस्रो

राष्ट्रिय वाणिज्य बैंकद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दीपक श्रेष्ठ, बर्दिया,  माघ १० ।  राष्ट्रिय वाणिज्य बैंक ली. गुलरिया शाखाले आफ्नो बैंकको ५४ औँ वर्षगाठको अवसर पारेर गुलरियामा विपन्न