घना बस्तीमा जाडो याममा भीषण आगलागी, ८७ घर जलेर नष्ट

views:-260

टाइगरखबर, पौष, ९ । कालिकोटको पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  । आइतबार रातिबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 

 

आगो नियन्त्रण गर्न खोज्दा पलाँता १ का कर्णप्रसाद न्यौपाने, देवराज हमाल, बिष्णुऋषि न्यौपाने, करिश्मा न्यौपाने, रत्न न्यौपाने, रत्नलाल न्यौपाने र पचाल झरना ६ की चन्द्ररुपा न्यौपाने सामान्य घाइते भएका छन् । २ भैंसी, २ बाख्रा र १४ गोरु जलेका छन् । खानेपानीको अभाव रहेको खाडाबस्तीमा आगो नियन्त्रण लिन कठिनाइ भएको छ । खाडा खरको छाना भएको पलाँता घना बस्ती हो ।

 

स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले खरका छाना भएका खाडा गणेश आधारभूत विद्यालय सगैको टोलको बस्तीका आगलागी भएको हो । मानवीय क्षति भने नभएको स्थानीयबासिन्दाले जनाएका छन् ।

 

आगो नियन्त्रणका लागि नेपाल प्रहरी र पलाता विकास निर्माण कार्य दलका सदस्य गाउँमा पुगिसकेका छन् । राहत र उद्दारका लागि आवश्यक तयारी भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनुभयो ।  

 

उज्यालो अनलाइनबाट

प्रतिकृया दिनुहोस

बर्दिया कर्णाली प्रदेशमा जोडिन प्रक्रिया सुरु

टाइगरखबर, बर्दिया, पौष १९ । बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न औपचारिक प्रक्रिया सुरु गरिएको छ । नेपाली काँग्रेस बर्दियाका सभापति समेत प्रतिनिधिसभा

प्रदेश ५ का ८ सहकारीलाइ प्रोबेसन ब्राण्ड प्रदान 

टाइगरखबर ,बर्दिया, पौष ६ । प्रदेश ५ का ८ वटा सहकारी संस्थाले प्रोबेसन ब्राण्ड प्राप्त गरेका छन् । सहकारी विभाग र राष्ट्रिय सहकारी संघले आफ्ना सदस्य

दाङमा जीप दुर्घटना : बुहारी लिएर आउँदै गरेका बुबाआमासहित ६ जनाको ज्यान गयो

टाइगरखबर, बर्दिया, मंसिर २७ । बस र जीप ठोक्किँदा दाङमा ६ जनाको ज्यान गएको छ । चितवनको गितानगरबाट बुहारी लिएर फर्किंदै गरेका राप्ती सोनारी गाउँपालिका