भुरिगाउँमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन हुदै

views:-243

टाइगरखबर, बर्दिया, पौष १७ । लायन्स क्लब अफ बर्दिया भुरिगाउँको आयोजनमा ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।


यहि पौष २१ गते त्रिभुवन माध्यमिक विद्यालय, भुरिगाउँको खुला मञ्चमा शिविरको आयोजना गर्न लागिएको लायन्स क्लब अफ बर्दिया भुरिगाउँका अध्यक्ष गोपाल निरौलाले बताउनुभयो । आयोजना हुने शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य जाँच गर्न आयोजक संस्थाले आग्रह गरेको छ ।


स्वास्थ्य शिविरमा मुटुरोग, हाडजोर्नी, दन्त सम्बन्धी समस्या, बालरोग, स्तन तथा पाठेघरको क्यान्सरको विशेषज्ञ डाक्टरहरुद्वारा जाँच गरिने आयोजकले जनाएको छ । शिविरमा सामान्य चिकित्सा सेवा र निःशुल्क औषधी वितरण समेत गरिने बताईएको छ ।


संचालन हुने शिविरमा आm्नो स्वास्थ्य चेकजाँच गर्नका लागी बिहान ०९ः३० बजे देखी पर्चा काट्न सकिने जनाईएको छ ।
 

प्रतिकृया दिनुहोस

मधुबनमा सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर

हरि गुरुङ्ग, बर्दिया, माघ २८ । बर्दियाको मधुबन नगरपालिका वार्ड नं.२ फुलबारी मा एक दिने सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर सोमबार सम्पन्न भएको छ

सहिद दिबशको  अवसरमा भुरिगाउँमा बृहत रक्तदान कार्यक्रम ११२ जनाद्धारा रक्तदान 

भिमा कडेल, बर्दिया, माघ १७ ।  शहिद दिबशकोे अवसर पारी रक्तदान जीवनदान भन्ने मुल नाराका साथ आज बिहिबार ठाकुरबाबा नगरपालिका १ को वडा कार्यालयमा दोस्रो

राष्ट्रिय वाणिज्य बैंकद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दीपक श्रेष्ठ, बर्दिया,  माघ १० ।  राष्ट्रिय वाणिज्य बैंक ली. गुलरिया शाखाले आफ्नो बैंकको ५४ औँ वर्षगाठको अवसर पारेर गुलरियामा विपन्न