बर्दिया कर्णाली प्रदेशमा जोडिन प्रक्रिया सुरु

views:-1331

टाइगरखबर, बर्दिया, पौष १९ । बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न औपचारिक प्रक्रिया सुरु गरिएको छ । नेपाली काँग्रेस बर्दियाका सभापति समेत प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले संसदमा त्यसबारे संशोधन प्रस्ताव दर्ता गराएको खुलासा गरेका हुन् ।

 
‘बर्दियाका सबै सांसद यसबारेमा प्रष्ट छन्’, ‘नेपालगन्ज बन्न नसके कोहलपुर राजधानी बनाउन सकिन्थ्यो, हाम्रा लागि यो उचित भएपनि सबैका लागि दाङ नै सेन्टर हो ।’ सांसद गौतमले भने, ‘तर, प्रदेशको पल्लो किनारमा लगेर राजधानी राखिंदा बर्दियाको अस्तित्व नै समाप्त हुने खतरा देखिएपछि संशोधन प्रस्ताव तयार गरिएको हो ।’

 
सांसद गौतमले तारातालदेखि रारातालसम्मको सम्बन्धको प्रसङ्ग पनि उठाए । ‘कर्णाली कोरिडोर हाम्रो वास्तविकता हो’, सांसद गौतमले भने, ‘राज्य पुनर्संरचनाका क्रममा बाँके, बर्दियालाई प्रदेश ५ मा राखिनु गम्भीर त्रुटि हो ।’ उनले त्रुटि उतिबेलै महसुस भएपनि मधेस आन्दोलन र थारु भावनामा आघात पुग्ने संशयले विरोध गर्न नसकिएको प्रष्ट पारे । ‘अब सबैले बुझेका छन्’, सांसद गौतमले भने, ‘कर्णालीमा जाने निश्चित छ, बाँके पनि जान सके राम्रो ।’


 

प्रतिकृया दिनुहोस

घना बस्तीमा जाडो याममा भीषण आगलागी, ८७ घर जलेर नष्ट

टाइगरखबर, पौष, ९ । कालिकोटको पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  । आइतबार रातिबाट लागेको आगो