रेशम चौधरीले ढाका टोपी लगाएर थारु भाषामा लिए सपथ

views:-667

टाइगरखबर, पौष १९ । चुनाव जितेको एक वर्षपछि कैलाली एकबाट प्रत्यक्ष चुनाव जितेका रेशम चौधरीले बिहीबार सांसदको सपथ लिएका छन् । ढाका टोपीमा सजिएर आएका चौधरीले थारु भाषामा सपथ लिनुभएको हो । 

 

सभामुख कृष्णबहादुर महराले चौधरीलाई सिंहदरबारस्थित कृषि समितिको हलमा पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा चौधरी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा थिए ।

 

सपथ खुवाउन उनलाई डिल्लीबजार कारागारबाट प्रहरीले सिंहदरबार ल्याएको थियो । सपथ ग्रहणमा राजपाका अध्यक्ष मण्डलका स‌ंयोजक राजेन्द्र महतो, महन्थ ठाकुरका साथै सत्तारुढ नेकपाका नेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित हुनु भएको थियो ।

 

प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर एकबाट प्रत्यक्ष चुनिएका चौधरी चुनावअघि देखि नै भूमिगत थिए । चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । २०७२ साल भदौ ७ गते थरुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा आठजनाको ज्यान जानेगरी भएको घटनामा चौधरी मुख्य योजनाकार रहेको आरोप लागेको छ ।

 

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक नाबालकसहित आठजनाको ज्यान गएको थियो । टीकापुर घटनाका दोषी रहेको आरोप लागेका २७ जना कैलाली कारागारमा तीन वर्षदेखि कारागारमा छन् । 

 

उज्यालो अनलाइनबाट

प्रतिकृया दिनुहोस

बर्दियामा पनि कांग्रेसको सरकार विरुद्ध प्रदर्शन

दीपक श्रेष्ठ, बर्दिया, गुलरिया, माघ २१ गते । नेकपा नेतृत्वको सरकारले गरेका पछिल्ला राजनितिक गतिविधिप्रति असन्तुष्टि जनाउदैं नेपाली कांग्रेस

रेशम चौधरीको सपथ ग्रहणको समय सर्‍यो

टाइगरखबर , पौष १९ । कारागारमा रहेका रेशम चौधरीले बिहीबार सांसदको सपथ ग्रहण गर्ने भएका छन् ।  कैलालीको टीकापुरमा आठजनाको ज्यान जानेगरी भएको घटनाको

परराष्ट्रको विज्ञप्तिमा बेइज्जत ! ज्यान गुमाएकामा 'बधाई' ?

काठमाडौं : इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको