पेरौहुवा चटिया सामुदायिक बनलाई बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना हस्तान्तरण

views:-154

टाइगर खबर, बर्दिया, पुस २१ । बर्दियाको ठाकुरबाबा नगरपालिका ३ र ५ मा पर्ने पेरौहुवा चटिया सामुदायिक बनलाई बैज्ञानिक वन व्यवस्थापनका लागि कार्ययोजना हस्तान्तरण गरिएको छ । 


ठाकुरबाबा नगरपालिका ५ को गोविन्दपुर होमस्टेमा आयोजित एक कार्यक्रमका बिच डिभिजन बन कार्यालय प्रमुख कोमलराज काफ्लेले पेरौहुवा चटिया सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष्य मन बहादुर मल्ललाई बैज्ञानिक वन व्यवस्थापनका लागि कार्ययोजना हस्तान्तरण गर्नु भएको हो । 


ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ र ५ मा पर्ने गाउँका १७५ घरधुरि रहेको सामुदायिक वनको क्षेत्रफल ९६.८९ हेक्टर रहेको छ । सामुदायिक वनमा ८ उपखण्ड विभाजन गरी बैज्ञानिक वनको काम सुरु गरेने बताईएको छ । 


बैज्ञानिक वन व्यवस्थापन ८० वर्षे योजना अन्र्तगत पहिलो चरणमा १० वर्षे योजना अनुसार बुढा पुराना रुखहरु कटान गरीनेछ । बैज्ञानिक वन व्यवस्थापनबाट सामुदायिक वनमा आर्थिक वृद्धी गरी सामाजिक विकास संगै उपभोक्ताहरुको जीविकोपार्जनमा समेत टेवा पुग्ने बताईएको छ । उपभोक्ताहरुलाई बैज्ञानिक वन व्यवस्थापनमा सहयोग गर्न आग्रह गरिएको छ । 


बैज्ञानिक वन व्यवस्थापनका लागि यो संगै बर्दियाका ९ वटा सामुदायिक वनलाई कार्ययोजना हस्तान्तरण गरिएको डिभिजन बन कार्यालय प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । बारबर्दिया, मधवन, ठाकुरबाबा नगरपालिका र बढैयातालका ९ वटा सामुदायिक वनमा हस्तान्तरण भैसकेको छ ।


बारबर्दिया र मधुवन नगरपालिकाका अरु ३ वटा सामुदायिक वनलाई पनि बैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना हस्तान्तरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।


बैज्ञानिक वन व्यवस्थापनका लागि थप बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिकाका ४ वटा सामुदायिक वनले पनि माग गरेको उहाँले बताउनुभयो ।


बैज्ञानिक वन व्यवस्थापनका लागि कार्ययोजना हस्तान्तरण कार्यक्रममा डिभिजन बन कार्यालय प्रमुख कोमलराज काफ्ले, ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष श्रीकृष्ण थारु, सहायक सव डिभिजन बन प्रमुख श्यामबाबु लोप्चन, सव डिभिजन वन प्रमुख, टंक गुरुङ्ग, लल्लन रावत, बसन्ता सामुदायिक वन समन्वय समितीका अध्यक्ष मास्टर थारु लगायतको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

नेपाली सेनाको सफलता : बर्दिया निकुञ्ज भित्रबाट ३ थान भरुवा बन्दुक सहित महिला पक्राउ

भावुक योगी, बर्दिया, मंसिर २४ ।  बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले निकुञ्जको उत्तरी क्षेत्रबाट ३ थान भरुवा बन्दुक र

जलवायु परिवर्तन तथा बिपत व्यबस्थापन सम्बन्धि संकटा सन्नता बिश्लेषणत्मक कार्यक्रम

रामबहादुर थापा, बर्दिया, र्काितक २७ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा जलवायु परिवर्तन तथा बिपत व्यबस्थापन सम्बन्धि वडा स्तरीय संकटा

ठाकुरबाबा नगरपालिकाको कृषि शाखाबाट कृषकहरुलाई अनुदान दिदैं

टाइगरखबर, बर्दिया, कार्तिक ८, बर्दियाको ठाकुरबाबा नगरपालिका अन्र्तगतको कृषि शाखाबाट नगरपालिका क्षेत्रका कृषक, कृषक समूह तथा कृषि सहकारीलाई विभिन्न