करेन्ट पासाेमा परि पाटे बाघ मर्याे, जमिनमुनि गाडिएको अवस्थामा फेला

views:-332

भावुक योगी, बर्दिया, पुस २८। बर्दियाको गेरुवा गाउँपालिका ४ मा बर्दिया राष्ट्रिय निकुञ्जको वयस्क पाटे बाघ मरेको अवस्थामा फेला छ । मरेको बाघ जमिनमुनि गाडिएको अवस्थामा फेला परेको हो ।

 

खेतमा बँदेल लगायतका वन्यजन्तुका लागि थापेको करेन्ट पासोमा परेर मरेको पाटे बाघ गेरुवा गाउँपालिका ४ शान्तिपुर धोकिनिया गाउँ नजिक जमिनमुनि गाडिएको अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । बाघ तीन देखि चार दिन अघि मरेको हुनसक्ने अनुमान गरिएको छ ।

 

बर्दिया राष्ट्रिय निकुञ्जको वयस्क पाटेबाट करेन्ट लागेर मारिएको र बाघ मरेपछि स्थानीयले जमिनमुनि गाडेको भन्ने गोप्य सुचनाका आधारमा उत्खनन गरि निकालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

 

बाघ कसरी मरेको विषयमा पोष्टमाटर्म रिपोर्ट पछि जानकारी हुने भएकाले थप अनुसन्धान सुरु गरिएको उहाँलेबताउनुभयो । निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणका नेपाली सेना, बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले करेन्ट लागेर जमिनमुनि गाडिएको बाघलाई उत्खनन गरि निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याईएको छ । 

 

करेन्ट पासो लगाएर बाघ मार्ने र मरेको बाघ जमिनमुनि गाडेको सन्दर्भमा अनुसन्धानका लागि स्थानीय चार जनालाई निकुञ्ज प्रशासनले पक्राउ गरेको छ । बाघ कसरी मारिएको बारे थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।

 

चार पाँच वर्ष अघि बर्दियाको राजापुर र बलातीमा स्थानीयले थापेको करेन्ट पासोमा परेर दुईवटा जंगली हात्ती  पनि मरेका थिए ।

प्रतिकृया दिनुहोस

बर्दियामा गाउँ पसेको पाटेबाघको आक्रमणबाट घाइते एक जनाको मृत्यु

भावुक योगी, बर्दिया, माघ २२ । बर्दियाको बढैयाताल गाउँपालिका २, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघको आक्रमणबाट घाइते भएका दुई जना मध्ये एक जनाको

बर्दियाको सीतापुर गाउँमा पाटे बाघ पस्यो, दुई जना घाइते

भावुक योगी, बर्दिया, माघ २१ । बर्दियाको बढैयाताल गाउँपालिका–२, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघ पसेर दुई जनालाई घाइते बनाएको छ ।    सीतापुर

बर्दियामा पहिलोपटक युवा सम्मेलन, युवाहरुद्धारा बर्दियाका एसपी मैनाली सम्मानित

भावुक योगी, बर्दिया, माघ १९ । ‘समाज परिवर्तनका लागि युवा अभियान’ भन्ने नाराका साथ बर्दियाको पर्यटकीय क्षेत्रमा पहिलोपटक युवा सम्मेलन आयोजना