बर्दियामा पेस्तोल सहित एक भारतीय नागरीक पक्राउ

views:-285

टाइगरखबर, बर्दिया, पुस २९ । बर्दिया प्रहरीले आइतबार गुलरियाबाट हातहतियार कारोबार गरेको आरोपमा एक भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । लामो समयको अध्ययन र अनुसन्धानपछि बर्दिया प्रहरीले हातहतियार कारोबारीलाइ पक्राउ गरेको हो ।


प्रहरीले भारतको बहराईच जिल्ला, थाना मुर्तिहा भन्ने ठाउँका २० वर्षिय सलमान खानलाइ कटुवा पेस्तोलसहित पक्राउ गरी सार्वजनिक गरेको हो । 


हातहतियार कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बर्दियाको गुलरिया नगरपालिका (१०, कालाबन्जार, गडरिया चोकबाट खानलाइ पक्राउ गरेको हो ।


युपी ३१ ए आर ६८२६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आइरहेको अवस्थामा खानलाई रोकी जाँच गर्दा कटुवा पेस्तोल १ थान, पेस्तोलमा  लाग्ने गोली १ राउण्ड,  नेपाली र भारतीय गरी २९,७९६ नगद रकम,  लागुऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ३ ग्रामसमेत फेला पारिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।


पक्राउ परेका खानलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा  राखिएको प्रहरी उपरीक्षक मैनालीको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

बर्दियामा गाउँ पसेको पाटेबाघको आक्रमणबाट घाइते एक जनाको मृत्यु

भावुक योगी, बर्दिया, माघ २२ । बर्दियाको बढैयाताल गाउँपालिका २, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघको आक्रमणबाट घाइते भएका दुई जना मध्ये एक जनाको

बर्दियाको सीतापुर गाउँमा पाटे बाघ पस्यो, दुई जना घाइते

भावुक योगी, बर्दिया, माघ २१ । बर्दियाको बढैयाताल गाउँपालिका–२, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघ पसेर दुई जनालाई घाइते बनाएको छ ।    सीतापुर

बर्दियामा पहिलोपटक युवा सम्मेलन, युवाहरुद्धारा बर्दियाका एसपी मैनाली सम्मानित

भावुक योगी, बर्दिया, माघ १९ । ‘समाज परिवर्तनका लागि युवा अभियान’ भन्ने नाराका साथ बर्दियाको पर्यटकीय क्षेत्रमा पहिलोपटक युवा सम्मेलन आयोजना