चार वर्ष भित्र ८ हजार स्तरोन्नती सडक निर्माण गरिने : मन्त्री महासेठ

views:-465

भावुक योगी, बर्दिया, पुस १।  भौतिक तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठले ४ बर्ष भित्र ८ हजार स्तरोन्ती सडक निर्माण गरिने र ४ बर्ष भित्र बर्दियाको भुरिगाउँ तेलपानी सुर्खेत सडक बन्ने बताउनु भएको छ । 


बर्दियाको ऐतिहासिक धार्मिक स्थल ठाकुरद्वारा मन्दिर परिसरका आयोजित बर्दिया माघी तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै भौतिक तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठले ४ बर्ष भित्र नेपालको पूर्व देखि पश्चिम सम्म ८ हजार सडकहरु स्तरोन्ती गरिने र ४ बर्ष भित्र भुरिगाउँ तेलपानी सुर्खेत सडक बन्ने प्रतिबद्धता जनाउनु भएको हो । 

 


बर्दिया जिल्लामा अहिले जती सडक संजाल पुग्नु पर्ने थियो त्यो पुग्न नसकेकाले अहिलेको सरकारले बर्दियालाई अगाडी लैजान गम्भिर भएर सोँचेको समेत मन्त्री महासेठले बताउनुभयो । 


हालका ७ सय ५३ स्थानीत तहमा पर्ने साविकका गाविसहरु जोडने गरी कालोपत्रे सडक निर्माण गर्ने कार्ययोजनाका साथ मन्त्रालय अगाडी बढेको बताउँदै मन्त्री महासेठले ४ बर्ष भित्र बर्दियाको कुना कुना सम्म कालोपत्रे सडक निर्माण गरिने विश्वास व्यक्त गर्नुभयो । 


महोत्सवका विशिष्ठ अतिथी पुर्व सिँचाई मन्त्रि तथा संघिय सांसद संजयकुमार गौतमले बर्दिया जिल्लालाई ताराताल देखि राराताल जोडन आवश्यक रहेकाले भुरिगाउँ तेलपानी सुर्खेत सडक बनाउन अहिलेको सरकारले तत्काल पहल गर्नुपर्ने बताउनुभयो ।
सांसद गौतमले बर्दिया निकुञ्जका वन्यजन्तुका कारण मध्यवर्ति क्षेत्रका बासीन्दा समस्यामा छन्, बाघ लगायतका वन्यजन्तु र मानव वस्ती खतरामा रहेको बताउँदै निकुञ्ज क्षेत्रमा पर्ने सडकमा वन्यजन्तुमैत्री सडक बनाउन आग्रह समेत गर्नुभयो । 

 


बर्दियाको ऐतिहासिक धार्मिक स्थल ठाकुरद्वारा मन्दिर परिसरका आयोजित बर्दिया माघी तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै भौतिक तथा यातायात ब्यवस्था मन्त्री रघुबिर महासेठले ४ बर्ष भित्र नेपालको पूर्व देखि पश्चिम सम्म ८ हजार सडकहरु स्तरोन्ती गरिने बताउनु भएको हो ।


महोत्सवमा आउनुभएका मन्त्रि संगै बर्दिया सहित छिमेकी जिल्लाका संघ र प्रदेशका सांसदहरु र स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतको उपस्थिती रहेको थियो । 


बर्दियाका मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि ठाकुरद्वाराको ऐतिहासिक ठाकुरद्वारा मन्दिर परिसरमा बर्दिया माघी तथा पर्यटन महोत्सव २०७५ आयोजना गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष शंकर थारुले जानकारी दिनुभयो । 


यस क्षेत्रको मौलिक कला, संस्कतिको जगेर्ना गर्दै बर्दियालाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बर्दियाका ८ वटै स्थानिय तह र सरोकारवाला निकायहरुको सहयोग रहेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो ।


महोत्सव हेर्न र धार्मिक रुपमा प्रसिद्ध ठाकुरद्वारा मन्दिरमा पुजा पाठ गर्न आउनेको पहिलो दिन दिनभरी भिड थियो । चार दिनसम्म चल्ने महोत्सवमा स्थानिय थारु कला संस्कृति र डेउडा संस्कृती प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी रहेको थियो । महोत्सव जिल्ला समन्वय समिति बर्दिया र सम्पुर्ण स्थानीय तहहरुको आयोजनामा ठाकुरद्वारा मन्दिर तथा विकास समितिको मुख्य व्यस्थापनमा सुरु भएको हो ।
 

प्रतिकृया दिनुहोस

बर्दियामा गाउँ पसेको पाटेबाघको आक्रमणबाट घाइते एक जनाको मृत्यु

भावुक योगी, बर्दिया, माघ २२ । बर्दियाको बढैयाताल गाउँपालिका २, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघको आक्रमणबाट घाइते भएका दुई जना मध्ये एक जनाको

बर्दियाको सीतापुर गाउँमा पाटे बाघ पस्यो, दुई जना घाइते

भावुक योगी, बर्दिया, माघ २१ । बर्दियाको बढैयाताल गाउँपालिका–२, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघ पसेर दुई जनालाई घाइते बनाएको छ ।    सीतापुर

बर्दियामा पहिलोपटक युवा सम्मेलन, युवाहरुद्धारा बर्दियाका एसपी मैनाली सम्मानित

भावुक योगी, बर्दिया, माघ १९ । ‘समाज परिवर्तनका लागि युवा अभियान’ भन्ने नाराका साथ बर्दियाको पर्यटकीय क्षेत्रमा पहिलोपटक युवा सम्मेलन आयोजना