लागुऔषध विरुद्ध बर्दिया प्रहरीको अभियान तिब्र, ब्राउनसुगर सहित भारतीय नागरिक पक्राउ

views:-235

भावुक योगी, बर्दिया, माघ ४ । लागूऔषध ब्राउन सुगर (खैरो हेरोईन) तस्करी गर्ने एक जना भारतीय नागरिकलाई बर्दिया प्रहरीले राजापुर क्षेत्रबाट पक्राउ गरेको छ ।

 

नेपाल भारत सीमाना निसानगाढा नजिक पर्ने राजापुर नगरपालिका ४ शक्तिपुल खोला किनारबाट भारतको उत्तरप्रदेश लखिमपुर जिल्ला खिरी ईन्द्रनगरका २७ वर्षिय हरजित सिँहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो ।

 

पक्राउ परेका भारतिय नागरिक हरजित सिँहले बर्दियाको राजापुर क्षेत्रमा ब्राउनसुगर बिक्री वितरण गर्ने गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा खोजी गर्ने क्रममा १० ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरी उपरिक्षक मैनालीले बताउनुभयो ।

 

प्रहरी उपरीक्षक मैनालीका अनुसार ब्राउनसुगर लिएर शक्तिपुल खोलाको बगरमा बिक्रि वितरणका लागि बसिरहेको अवस्थामा भारतिय नागरिक हरजित सिँहको साथबाट झण्डै ७० हजार मुल्य बराबरको १० ग्राम लागूऔषध ब्राउनसुगर (खैरो हेरोईन) सहित पक्राउ गरेको उहाँले बताउनुभयो ।

 

पक्राउ परेका भारतिय नागरिक सिँहले केही वर्ष अघिदेखि नेपालको राजापुर क्षेत्रमा आएर लागूऔषध ब्राउनसुगर कारोबारमा संलग्न रहेको बुझिएकोले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पछिल्लो समय लागुऔषध दुव्यसनी विरुद्ध बर्दिया प्रहरीले विषेश अभियान चलाएको छ । पछिल्लो ६ महिना यता साउनदेखि जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालयले लागूऔषध नियन्त्रणका लागि विभिन्न सचेतना मुलक कार्यक्रम पनि गर्दै आईरहेको छ । लागूऔषध नियन्त्रणका लागि बर्दियामा विशेष निगरानी सहित अभियान थालिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताउनुभयो ।

 

लागूऔषधको र्दुव्यसनीमा परेका १७२ जनालाई पक्राउ गरि सम्झाई बुझाई अभिभावकको जिम्मा लगाईएको र १४ वटा मुद्धा दर्ता गरि १९ जनालाई लागूऔषध खैरो हेरोईन मुद्धामा कारबारी प्रकृया अघि बढाईएको प्रहरी उपरिक्षक शुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।

 

यसअघि नेपाल भारत सीमाना निसानगाढा नजिक पर्ने मधुवन नगरपालिका नजिक भारतको उत्तरप्रदेश राज्य अन्र्तगत जिल्ला बहराईच थाना मोतिपुर ग्राम मिहिपुरवाका २५ वर्षिय बिमलेश कुमार हरजनलाई पनि ३० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

बर्दियामा गाउँ पसेको पाटेबाघको आक्रमणबाट घाइते एक जनाको मृत्यु

भावुक योगी, बर्दिया, माघ २२ । बर्दियाको बढैयाताल गाउँपालिका २, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघको आक्रमणबाट घाइते भएका दुई जना मध्ये एक जनाको

बर्दियाको सीतापुर गाउँमा पाटे बाघ पस्यो, दुई जना घाइते

भावुक योगी, बर्दिया, माघ २१ । बर्दियाको बढैयाताल गाउँपालिका–२, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघ पसेर दुई जनालाई घाइते बनाएको छ ।    सीतापुर

बर्दियामा पहिलोपटक युवा सम्मेलन, युवाहरुद्धारा बर्दियाका एसपी मैनाली सम्मानित

भावुक योगी, बर्दिया, माघ १९ । ‘समाज परिवर्तनका लागि युवा अभियान’ भन्ने नाराका साथ बर्दियाको पर्यटकीय क्षेत्रमा पहिलोपटक युवा सम्मेलन आयोजना