फत्तेवाल आँखा अस्पतालले आँखा उपचारका लागी बर्दियाका विभिन्न निकायसंग साझेदारी गर्दै

views:-167

टाइगरखबर, बर्दिया,माघ ८ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ चिट्कैयामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्वति संघ फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगञ्ज र ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाले निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेको हो । ४ दिन सम्म सञ्चालन हुने शिविरमा ठाकुरबाबा नगरपालिकाका विभिन्न सहकारीहरुले समेत सहयोग गरिरहेका छन् ।


मंगलबार स्वास्थ्य चौकि चिट्कैयामा आयोजना गरिएको आँखा जाँच शिविरमा १८२ जना आखाँरोगीको आँखा चेकजाँच गरिएको छ । आँखा जाँच शिविरमा २७ जना मोतीबिन्दुका बिरामीलाई अपरेशनका लागी छनोट गरिएको छ । अन्य बिरामीलाई चेकजाँच पछि औषधि बितरण गरिएको छ ।


छनोट भएको मोतीबिन्दुका बिरामीलाई अपरेशनका लागी फत्तेवाल आँखा अस्पताल नेपालगञ्ज रेफर गरिने बताइएको छ । ठाकुरबाबा नगरपालिकालाई अन्धोपन मुक्त बनाउन ठाकुरबाबा नगरपालिका भित्रका विभिन्न सहकारीको सहयोगमा फत्तेवाल आँखा अस्पतालले अभियान थालेको छ ।

 
ठाकुरबाबा नगरपालिकाको वकुवा, भुरीगाउँ र बगनाहमा समेत निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने भुरीगाउँ आँखा अस्पतालका इन्चार्ज ब्रिजेस मिश्राले जानकारी दिनुभयो । शिविरमा ब्रिजेस मिश्रा, सुनिल कुमार थारु, स्वयमसेविका लगाएतका टोलीले आँखा  चेकजाँच गर्नुभएको थियो ।


बर्दिया जिल्लालाई अन्धोपन मुक्त बनाउने उद्देश्यले फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जले विभिन्न निकायसँग साझेदारी गरिहरहेको छ । अस्पतालले बर्दियाका ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिरहेको जनाएको छ ।

 

स्थानीय निकाय, विभिन्न सङ्घसंस्था, बैंक, सहकारी,समाजसेवी, उद्योगी, व्यवसायीलगायत सँग सहकार्य गरिरहेको फत्तेवाल आँखा उपचार शाखा कार्यालय भुरीगाउँका इन्चार्ज ब्रिजेश मीश्राले जानकारी दिनुभयो । अस्पतालले यसअघि बर्दियाको राजापुर क्षेत्रमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरिसकेको छ ।
 

प्रतिकृया दिनुहोस

मधुबनमा सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर

हरि गुरुङ्ग, बर्दिया, माघ २८ । बर्दियाको मधुबन नगरपालिका वार्ड नं.२ फुलबारी मा एक दिने सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर सोमबार सम्पन्न भएको छ

सहिद दिबशको  अवसरमा भुरिगाउँमा बृहत रक्तदान कार्यक्रम ११२ जनाद्धारा रक्तदान 

भिमा कडेल, बर्दिया, माघ १७ ।  शहिद दिबशकोे अवसर पारी रक्तदान जीवनदान भन्ने मुल नाराका साथ आज बिहिबार ठाकुरबाबा नगरपालिका १ को वडा कार्यालयमा दोस्रो

राष्ट्रिय वाणिज्य बैंकद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दीपक श्रेष्ठ, बर्दिया,  माघ १० ।  राष्ट्रिय वाणिज्य बैंक ली. गुलरिया शाखाले आफ्नो बैंकको ५४ औँ वर्षगाठको अवसर पारेर गुलरियामा विपन्न