राजमार्गमा गुड्ने सवारी चालकको निशुल्क स्वास्थ्य परिक्षण, अधिकाँश चालकमा ब्लड प्रेसर

views:-334

भावुक योगी, बर्दिया, माघ १० । बर्दिया सहित देशभर बढ्दो क्रममा रहेको सडक दुर्घटना न्यूनिकरण गर्न पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको भुरिगाउँमा सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।


इलाका प्रहरी कार्यालय भुरिगाउँ, अस्थायी ट्राफिक प्रहरी कार्यालय र लायन्स क्लव भुरिगाउँको संयुक्त आयोजनामा पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिया ठाकुरबाबा नगरपालिका भुरिगाउँमा सडक दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा सहित सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।


परीक्षणका क्रममा अधिकाँश चालक ब्लड प्रेसर (उच्च रक्तचाप) र आँखाको समस्या भएका भेटिएको चिकित्सकले बताएका छन् । पुर्व पश्चिम राजमार्गमा गुड्ने बस, ट्रक, टिप्पर, जीपकार, ट्याक्टर, मोटरसाइकल, अटोरिक्सा लगायतका सवारी चालकहरु प्रेसरका बिरामी भेटिएका हुन् ।

 


नेउलापुर स्वास्थ्य चौकी र स्थानिय मेडिकलका स्थास्थ्यकर्मी सहितको टोलीले चेकजाँचका क्रममा सवारी चालकमा ब्लड प्रेसर (उच्च रक्तचाप) र आँखाको समस्या पाइएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरिक्षक प्रदिप कुमार डिसीले बताउनुभयो ।


नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बर्दिया प्रहरीले यो अभियानलाई तिब्रता दिएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरिक्षक प्रदिपकुमार डिसीले बताउनुभयो । प्रहरीले संचालन गरेको सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमबाट सवारी चालकहरु लाभान्वित भएको बताएका छन् ।


बिहिवार भुरिगाउँ बजारको श्रीकृष्ण प्रणामी मन्दिर नजिक झण्डै ३ घण्टा संचालन गरिएको स्वास्थ्य परिक्षणमा १ सय ५८ जना चालकको स्वास्थ्य परिक्षण गरिएकोमा ९५ जनामा ब्लडप्रेसर (उच्च रक्तचाप) देखिएको र ४४ जनामा आँखाको समस्या देखिएको ईलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी सहायक निरिक्षक कृष्ण केशीले जानकारी दिनुभयो ।


सवारी चालकको निःशुल्क स्वास्थ्य परिक्षणमा चालकको आँखा र ब्लडप्रेसर जाँच गरि आवश्यक भएकालाई औषधि समेत निःशुल्क दिइएको छ । बस, ट्रक, जीप, मोटरसाइकल, अटो रिक्सा चालकको स्वास्थ्य परिक्षणबाट चालकमा ब्लड प्रेसर (उच्च रक्तचाप) र आँखाको समस्या बढी देखिएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरिक्षक प्रदिप कुमार डिसीले बताउनुभयो ।


चालकमा भएको स्वास्थ्य समस्याका कारण दुर्घटना बढ्दै गईरहेको भन्दै सवारी दुर्घटना घटाउन स्वास्थ्य शिविरले महत्वपूर्ण योगदान पुर्याउने भएकोले प्रहरीको सवारी चालकलाई स्वास्थ्य परिक्षण गर्ने अभियानमा सहकार्य गरिएको लायन्स क्लव भुरिगाउँका अध्यक्ष गोपाल निरौलाले बताउनुभयो ।


 

प्रतिकृया दिनुहोस

मधुबनमा सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर

हरि गुरुङ्ग, बर्दिया, माघ २८ । बर्दियाको मधुबन नगरपालिका वार्ड नं.२ फुलबारी मा एक दिने सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर सोमबार सम्पन्न भएको छ

सहिद दिबशको  अवसरमा भुरिगाउँमा बृहत रक्तदान कार्यक्रम ११२ जनाद्धारा रक्तदान 

भिमा कडेल, बर्दिया, माघ १७ ।  शहिद दिबशकोे अवसर पारी रक्तदान जीवनदान भन्ने मुल नाराका साथ आज बिहिबार ठाकुरबाबा नगरपालिका १ को वडा कार्यालयमा दोस्रो

राष्ट्रिय वाणिज्य बैंकद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दीपक श्रेष्ठ, बर्दिया,  माघ १० ।  राष्ट्रिय वाणिज्य बैंक ली. गुलरिया शाखाले आफ्नो बैंकको ५४ औँ वर्षगाठको अवसर पारेर गुलरियामा विपन्न