राष्ट्रिय वाणिज्य बैंकद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

views:-208

दीपक श्रेष्ठ, बर्दिया,  माघ १० ।  राष्ट्रिय वाणिज्य बैंक ली. गुलरिया शाखाले आफ्नो बैंकको ५४ औँ वर्षगाठको अवसर पारेर गुलरियामा विपन्न विद्यार्थीहरूका लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।


गुलरिया नगरपालिकाको ध्रुव माध्यमिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका १६ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।


राष्ट्रिय वाणिज्य बैंक लीं गुलरिया शाखाले आफ्नो बैंकको बार्षिक अवसर पारेर विपन्न बिद्यार्थीहरुलाई गरेको कार्य एकदमै सराहनिय रहेको साथै बैंक सधै सबैको साथमा छ भन्ने सन्देश गएको र आगामी दिनमा पनि यस्ता क्रियाकलाप जारी राख्नु पर्ने गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले बताउनुभयो ।


बैंकलेै शैक्षिक सामाग्रीमा कापी, कलमहरु वितरण गरेको थियो । सामाजिक उत्तरादायित्व कार्यक्रम अन्र्तगत रहेर नया सुरुवात विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको राष्ट्रिय वाणिज्य बैंक ली. गुलरियाका शाखा प्रमुख हिमलाल खनालले बताउनुभयो ।

 

हामी पनि समाज कै एक अंग रहेकोले हिजोका हामी जस्तै बिद्यार्थीहरुलाई थोरै भइ पनि सहयोग गर्न पाउदा हामी सम्पुर्ण शाखाका कर्मचारी समेत खुसी भएको खनालले बताउनुभएको छ । 
 

प्रतिकृया दिनुहोस

मधुबनमा सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर

हरि गुरुङ्ग, बर्दिया, माघ २८ । बर्दियाको मधुबन नगरपालिका वार्ड नं.२ फुलबारी मा एक दिने सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर सोमबार सम्पन्न भएको छ

सहिद दिबशको  अवसरमा भुरिगाउँमा बृहत रक्तदान कार्यक्रम ११२ जनाद्धारा रक्तदान 

भिमा कडेल, बर्दिया, माघ १७ ।  शहिद दिबशकोे अवसर पारी रक्तदान जीवनदान भन्ने मुल नाराका साथ आज बिहिबार ठाकुरबाबा नगरपालिका १ को वडा कार्यालयमा दोस्रो

राजमार्गमा गुड्ने सवारी चालकको निशुल्क स्वास्थ्य परिक्षण, अधिकाँश चालकमा ब्लड प्रेसर

भावुक योगी, बर्दिया, माघ १० । बर्दिया सहित देशभर बढ्दो क्रममा रहेको सडक दुर्घटना न्यूनिकरण गर्न पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको