मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

views:-801

भावुक योगी, बर्दिया, माघ १६। बर्दियाको ठाकुरबाबा नगरपालिका ९ बन्तरियामा तिन जना सवार मोटरसाइकल दुर्घटना हुँदा उपचारका क्रममा एक जनाको ज्यान गएको छ । 


मोटरसाइकल दुर्घटनामा घाइते भएका मधुवन नगरपालिका २ का २० वर्षिय मंगलराम थारुको बुधवार विहान उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरिक्षक प्रदिप कुमार डिसिले जानकारी दिनुभयो ।   


भुरिगाउँ देखि ठाकुरद्धारा हुँदै घर तर्फ जाँदै गर्दा बन्तरिया गाउँ नजिक तिन जना सवार भे ३ प ९७१८ नम्बरको मोटरसाइकल मंगलवार राति काठको पुलबाट खसेपछि तिन जना घाइते भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।


मोटरसाइकलमा सवार घाइते भएका मधुवन नगरपालिकाका अर्जुन थारु र सुदन थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

समाजसेवा नै सबैभन्दा ठुलो धर्म हो : समाजसेवि विनय रावल

बिमला ढकाल ,बर्दिया, माघ २९ । पछिल्लो समय निस्वार्थ भावनामा समाजसेवा गर्ने मान्छे कमै भेटिन्छन् । तर ठाकुरबाबा नगरपालिका वडा नम्बर २ सत्घरुवा घर भई हाल

नगरपालिकाकै आग्रहमा नगरपालिका कार्यालय घेरिएको हो : ठाकुरबाबा नगरप्रमुख श्रेष्ठ

टाइगरखबर, बर्दिया, माघ २८ । केहि महिना अघि बाढीपिडितहरुले गरेको नगरपालिका घेराउ तथा रिले अनसन नगरपालिकाकै आग्रहमा भएको  नगरप्रमुख घननारायण

पत्रकार भावुक संगै रेडियो टाइगर परिवार ५ नम्बर वडाद्धारा सम्मानित

टाइगर खबर, बर्दिया, माघ १८ । रेडियो टाइगरका प्रबन्ध निर्देशक भावुक योगी सहित रेडियो टाइगर परिवार सम्मानित भएका छन् । बर्दियाको ठाकुरबाबा