बर्दियामा सहकारी एकिकरण अभियान तिव्र

views:-415

बिमला ढकाल,  बर्दिया,  माघ १६। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ शाहिपुरमा बालकुमारी सेवा केन्द्रको उद्धघाटन गरिएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का २ वटा सहकारी संस्थाहरु सिको साकोससंग एकिकरण भएसंगै शाहिपुर क्षेत्रका संस्थामा आबद्ध सेयर सदस्यहरुलाई सेवा प्रबाहमा सहजता पुर्याउने उद्देश्यले सेवा केन्द्रको उद्धघाटन गरिएको सिको साकोसका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो । 

 

ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का बालकुमारी सहकारी र लालुपाते सहकारी सिको साकोस संग एकिकरण भएका छन् । सहकारी एकिकरण घोषणा कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दामोदर अधिकारीले सहकारीका माध्यमबाट ठाकुरबाबाका स्थानियहरुलाई आर्थिक समृद्धीमा सहयोग पुर्याउने र ठाकुरबाबाको बिकासमा समेत सहयोग पुर्याउने बताउनुभएको छ । 

 

यस्तै उहाँले संस्थामा आबद्ध सेयर सदस्यहरु संस्थाप्रति बफादार भएर लाग्न समेत आग्रह गर्नुभएको छ । देशभरका सहकारी मध्य बर्दियाबाट सिको साकोस प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल भएकाले संस्थालाई अझ अगाडि बढाउन सेयर सदस्यले महत्वपुर्ण भुमीका निर्बाह गर्ने उहाँको भनाई छ । 

 

सहकारी एकिकरण घोषणाका क्रममा सिको साकोसका अध्यक्ष दामोदर अधिकारीले सुशासनमा प्रतिवद्ध रहेर नगरपालिकासंग सहकार्य गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

 

कार्यक्रममा प्रमुख अथिती रहनुभएका ठाकुरबाबा नगरपालिकाका नगरउपप्रमुख कृष्णा कुष्मा थारुले ठाकुरबाबा नगरपालिका सहकारी संग सहकार्य गर्दै ठाकुरबाबाबासीहरुको जिबनस्तर उकास्नमा लागीपरेको बताउनुभएको छ । 

 

यस्तै उहाँले बर्दियामा मात्रै नभएर प्रदेश नम्बर ५ मै सहकारी एकिकरणका सिको साकोस पहिलो भएकाले सहकारी एकिकरणमा सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

 

ठाकुरबाबा भित्रका सहकारी फस्टाउनमा सिको साकोसले महत्वपुर्ण भुमीका निर्वाह गरेको समेत उहाँको भनाई छ । ठाकुरबाबा नगरबासीहरु उद्यमी नभएसम्म ठाकुरबाबाको बिकास हुन नसक्ने भएकाले स्थानियको जिबीकोपार्जनमा सहकारी संग सहकार्य गर्दै सहयोग पुर्याउने बताउनुभएको छ ।

 

सेवा केन्द्र उद्धघाटनका क्रममा प्रकास कुमार आचार्यको संयोजकत्वमा ९ सदस्यिय संस्था एकिकरण कार्यदल समेत गठन गरिएको सिको साकोसका व्यबस्थापक हरीहर पौड्यालले जानकारी दिनुभयो ।

 

सहकारी एकिकरण पश्चात २२ करोड २१ लाख बराबरको कुल सम्पती तथा ६ हजार १२ जना शेयर सदस्य भएको सिको साकोसका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनुभयो ।

 

बुधबार सेवा केन्द्र उद्धघाटनका क्रममा १ सय ४७ जना नयाँ सेयर सदस्य तथा १२ जना नाबालक सेयर सदस्य थपिएको व्यबस्थापक पौड्यालले बताउनुभयो ।

 

पछिल्लो समय मुलुकमा अस्वाभाविक रुपमा बढिरहेका सहकारीहरुको व्यवस्थापन चुनौतीपुर्ण बनिरहेका बेला एकिकरणको सुरुवात भएकोमा सहकारीकर्मीहरुले खुसी व्यक्त गरेका छन् । लक्ष्य, भावना र उद्देश्यहरु एकै भएका सहकारीहरु पछिल्लो समय समायोजनको अभ्यासमा लागीरहेका छन् । यसले सहकारीको गुणस्तर र दिगो विकासमा थप टेवा प्रदान गर्ने विश्वास गरिएको छ । 

 

ठाकुरबाबा नगरपालिकामा सहकारी एकिकरणको अभियान समेत तिव्र पारिएको छ । ठाकुरबाबा नगरपालिकाका एक पछि अर्का सहकारी एकिकरणको प्रकृयामा गईरहेको समेत बताइएको छ ।

 

सिको साकोसका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सहकारी एकिकरण घोषणा तथा सेवा केन्द्र उद्धघाटन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरउपप्रमुख कृष्णा कुष्मा थारुको प्रमुख आथित्यता रहेको थियो भने वडा नम्बर ५ का वडा अध्यक्ष गंगाराम जैशिको बिशीष्ठ आथित्यता रहेको थियो ।

 

यस्तै कार्यक्रममा ठाकुरबाबा नगरपालिका कार्यपालिकाका सदस्य, वडा सदस्यहरु, सहकारीका अध्यक्ष सिको साकोषका लेखा समिती संयोजक जिबन कुमार शाहि, संस्थाका कर्मचारी संस्थामा आबद्ध शेयर सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

समाजसेवा नै सबैभन्दा ठुलो धर्म हो : समाजसेवि विनय रावल

बिमला ढकाल ,बर्दिया, माघ २९ । पछिल्लो समय निस्वार्थ भावनामा समाजसेवा गर्ने मान्छे कमै भेटिन्छन् । तर ठाकुरबाबा नगरपालिका वडा नम्बर २ सत्घरुवा घर भई हाल

नगरपालिकाकै आग्रहमा नगरपालिका कार्यालय घेरिएको हो : ठाकुरबाबा नगरप्रमुख श्रेष्ठ

टाइगरखबर, बर्दिया, माघ २८ । केहि महिना अघि बाढीपिडितहरुले गरेको नगरपालिका घेराउ तथा रिले अनसन नगरपालिकाकै आग्रहमा भएको  नगरप्रमुख घननारायण

पत्रकार भावुक संगै रेडियो टाइगर परिवार ५ नम्बर वडाद्धारा सम्मानित

टाइगर खबर, बर्दिया, माघ १८ । रेडियो टाइगरका प्रबन्ध निर्देशक भावुक योगी सहित रेडियो टाइगर परिवार सम्मानित भएका छन् । बर्दियाको ठाकुरबाबा