सहिद दिबशको  अवसरमा भुरिगाउँमा बृहत रक्तदान कार्यक्रम ११२ जनाद्धारा रक्तदान 

views:-158

भिमा कडेल, बर्दिया, माघ १७ ।  शहिद दिबशकोे अवसर पारी रक्तदान जीवनदान भन्ने मुल नाराका साथ आज बिहिबार ठाकुरबाबा नगरपालिका १ को वडा कार्यालयमा दोस्रो बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 

ठाकुरबाबा नगरपालिका रेडियो टाइगर, लायन्स क्लव भुरिगाउँ लगायत विभिन्न संघसंस्थाको सहआयोजनामा बिहिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 

 

पश्चिम नेपाल सहित देशभर बेलाबेलामा रगतको अभावको खबर आईरहनाले रगतको अभाव हुनबाट रोक्न सहयोग पुग्ने उदेश्यले शहिद दिबशको अवसर पारी ठाकुरबाबा नगरपालिका सहित विभिन्न संघ संस्थासंग समन्वय गरी दोस्रो पटक बृहत रक्तदान कार्यक्रमको आयोजना गरीएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घन नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

 

बर्दिया मै पहिलो पटक स्थानिय तह ठाकुरबाबा नगरपालिकाको सहयोग तथा संचार माध्यम रेडियो टाइगर लगायत विभिन्न संघसंस्था नेपाल रेडक्रस सोसाइटी उप शाखा नेउलापुर बगनाहा, सिको साकोस भुरिगाउँ, हाम्रो मध्यवर्ती साकोस भुरिगाउँ, साना किसान कृषि सहकारी सस्ंथा भुरिगाउँ, विश्वासिलो साकोस शाखा भुरिगाउँ, थारु समुदाय विकास मन्च भुरिगाउँ, सगुन साकोस शाहीपुर, इलाका प्रहरी कार्यालय भुरिगाउँ, उद्योग बाणिज्य सघं भुरिगाउँ, लायन्स क्लव अफ भुरिगाउँ, द आर्ट अफ लिभिगं भुरिगाउँ, हिमालय सहकारी सस्था मानपुर, प्रगती साकोस बगनाहा, नारी एकता शक्ती केन्द्र भुरिगाउँ, किशान कमैया साकोस बनकट्टी, र खानेपानी उपभोक्ता समिती भुरिगाउँ सहयोगी सस्थाहरु रहेका छन । 

 

रक्तदान कार्यक्रममा नगरपालिकाका ९ वटै वडाबाट १ सय १२ जना रक्तदाताले रक्तदान गरेका छन । रक्तदान गर्ने रक्तदाताहरुमा नगर प्रमुख घननारायण श्रेष्ठ, उप प्रमुख कृष्णा कुष्मा थारु, वडा नम्बर १ का वडा अध्यक्ष श्यामलाल थारु,२ का वडा अध्यक्ष हरिराम थारु, ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु, ५ का वडा अध्यक्ष गगांराम जैशी, ९ का वडा अध्यक्ष राधा चौधरी, ४९ पटक रक्तदान गर्ने बर्दियाका बरिष्ठ रक्तदाता प्रेम प्रसाद लम्साल लगायत ११२ जनाले रक्तदान गरेको ठाकुरबाबा नगरपालिकाका नगर प्रबक्ता श्यामलाल थारुले जानकारी दिनुभयो ।  

 

रक्तदान जीवन दान जस्तो महान कार्यमा इच्छुक रक्तादाताहरुलाई रक्तदान गरी सहयोग गर्न ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रेष्ठले आग्रह समेत गर्नु भएको थियो । ठाकुरबाबा नगरपालिकामा अबदेखी हरेक वर्ष बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने समेत बताईएको छ । 

प्रतिकृया दिनुहोस

मधुबनमा सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर

हरि गुरुङ्ग, बर्दिया, माघ २८ । बर्दियाको मधुबन नगरपालिका वार्ड नं.२ फुलबारी मा एक दिने सिक्कलसेल रोग तथा यौन रोग परिक्षण शिबिर सोमबार सम्पन्न भएको छ

राष्ट्रिय वाणिज्य बैंकद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दीपक श्रेष्ठ, बर्दिया,  माघ १० ।  राष्ट्रिय वाणिज्य बैंक ली. गुलरिया शाखाले आफ्नो बैंकको ५४ औँ वर्षगाठको अवसर पारेर गुलरियामा विपन्न

राजमार्गमा गुड्ने सवारी चालकको निशुल्क स्वास्थ्य परिक्षण, अधिकाँश चालकमा ब्लड प्रेसर

भावुक योगी, बर्दिया, माघ १० । बर्दिया सहित देशभर बढ्दो क्रममा रहेको सडक दुर्घटना न्यूनिकरण गर्न पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको