पत्रकार भावुक संगै रेडियो टाइगर परिवार ५ नम्बर वडाद्धारा सम्मानित

views:-259

टाइगर खबर, बर्दिया, माघ १८ । रेडियो टाइगरका प्रबन्ध निर्देशक भावुक योगी सहित रेडियो टाइगर परिवार सम्मानित भएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका ५ नम्बर वडा कार्यालयद्धारा सामाजिक विकृति तथा कुसंस्कार अन्त्यका लागि आयोजना गरेको जनचेतनामूलक वृहत कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका सचिव समेत रहनुभएका उज्यालो सहकर्मी, रेडियो टाइगरका प्रवन्धक भावुक योगी सहित राजधानी दैनिकका सुदिप अधिकारी र रेडियो टाइगर परिवार पनि सम्मानित भएका हुन् । 

 

टाइगर परिवार सहकर्मी सौगात श्रेष्ठ, बिमला ढकाल, सुष्मा तिमिल्सेना, तारा केशी, प्राविधिक द्धय लोकचन रावत र रामबहादुर थारु सम्मानित भएका छन् । रेडियो टाइगर परिवार संगै शान्ति सुरक्षा कायम राख्दै लागुऔषध दुव्र्यशनी विरुद्ध विशेष अभियान चलाएको भन्दै इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरिक्षक प्रदिप कुमार डिसी र प्रहरी चौकी सुर्यपटुवा बगनाहाका प्रहरी सहायक निरिक्षक यम बहादुर घर्ति पनि सम्मानित हुनुभएको छ । यस्तै स्थानिय बडघरलाई पनि वडा कार्यालयले सम्मान गरेको छ । 

 

 

बर्दियाको ठाकुरबाबा नगरपालिका सहित ५ नम्बर वडा क्षेत्रमा सामाजिक विकृति, कुसंस्कार अन्त्यका लागि सञ्चार माध्यम मार्फत जनचेतनामूलक समाचार सम्प्रेसणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उच्च कदर स्वरुप पत्रकार योगीलाई सम्मान गरिएको वडा सचिव केशव खनालले बताउनुभयो । 

 

कार्यक्रमका प्रमुख अतिथी ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ र ५ नम्बर वडाका वडा अध्यक्ष गंगाराम जैशीले सम्मानित सबैलाई खादा ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको हो ।

 

 

 

 

 

 

कार्यक्रममा नगरप्रमुख घननारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिकाबाट छाउपडी प्रथा लगायतका कुसंस्कारको अन्त्य गर्न हरेक व्यक्तीको चेतनामा परिवर्तन हुनुपर्ने बताउँदै छाउपडी प्रथा, बालश्रम लगायतका कुसंस्कारको अन्त्य गर्दै बर्दियालाई शैक्षिक हबका रुपमा विकास गर्न आफुहरु लागि परेको बताउनुभयो । 


सामाजिक विकृति तथा कुसंस्कार अन्त्य गरौ, सभ्य समाजको निमार्ण गरौँ भन्ने मुल नाराका साथ ठाकुरबाबा नगरपालिका ५ शाहीपुरमा आयोजना गरिएको जनचेतनामुलक बृहत सांस्कृतीक कार्यक्रममा बालश्रम, बालयौनशोषण, छाउपडी, कमलरी तथा वित्तिय साक्षरता सम्वन्धी जनचेतना प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गंगाराम जैशीले बताउनुभयो ।

 

 

 

प्रतिकृया दिनुहोस

समाजसेवा नै सबैभन्दा ठुलो धर्म हो : समाजसेवि विनय रावल

बिमला ढकाल ,बर्दिया, माघ २९ । पछिल्लो समय निस्वार्थ भावनामा समाजसेवा गर्ने मान्छे कमै भेटिन्छन् । तर ठाकुरबाबा नगरपालिका वडा नम्बर २ सत्घरुवा घर भई हाल

नगरपालिकाकै आग्रहमा नगरपालिका कार्यालय घेरिएको हो : ठाकुरबाबा नगरप्रमुख श्रेष्ठ

टाइगरखबर, बर्दिया, माघ २८ । केहि महिना अघि बाढीपिडितहरुले गरेको नगरपालिका घेराउ तथा रिले अनसन नगरपालिकाकै आग्रहमा भएको  नगरप्रमुख घननारायण

बर्दियामा सहकारी एकिकरण अभियान तिव्र

बिमला ढकाल,  बर्दिया,  माघ १६। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ शाहिपुरमा बालकुमारी सेवा केन्द्रको उद्धघाटन गरिएको छ । ठाकुरबाबा