बर्दियामा पहिलोपटक युवा सम्मेलन, युवाहरुद्धारा बर्दियाका एसपी मैनाली सम्मानित

views:-931

भावुक योगी, बर्दिया, माघ १९ । ‘समाज परिवर्तनका लागि युवा अभियान’ भन्ने नाराका साथ बर्दियाको पर्यटकीय क्षेत्रमा पहिलोपटक युवा सम्मेलन आयोजना गरिएको छ । आयन्स क्लव अफ भुरीगाउँ बर्दिया, विकासप्रेमी युवा समुह र ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा बर्दिया युथ समिट २०७५ अर्थात युवा सम्मेलनको आयोजना गरिएको हो ।

 

पछिल्लो समय देशभर बढ्दै गईरहेको लागुऔषध दुर्व्यसनी विरुद्ध आवाज उठाउन र बैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गईरेहको भन्दै युवाहरुलाई स्वदेशमै केहि गर्न सकिन्छ भन्ने शन्देश दिन, दुर्व्यसन मुक्त बर्दिया निर्माण, कृषि र पर्यटनमा समृद्ध जिल्ला बनाउन र स्वरोजगारका लागि व्यवसायिक शिक्षामा युवालाई अग्रसर गराउने उद्देश्यका साथ बर्दियामा पहिलोपटक ‘बर्दिया युवा सम्मेलन २०७५’ आयोजना गरिएको हो ।

 

पहिलो जिल्ला स्तरिय बर्दिया युवा सम्मेलनले युवाहरुलाई आत्मजागरुक बनाउनुका साथै सबै युवाहरुमा एकजुटको भावना विकास र सकारात्मक सोचको निर्माण गर्दै स्वरोजगार बन्न प्रेरित गर्ने लायन्स क्लव अफ भुरिगाउँ तथा बिकासप्रेमी युवा समुह संयोजक गोपाल निरौलाले बताउनुभयो ।

बर्दियामा पहिलोपटक आयोजना गरिएको युवा सम्मेलनमा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले कृषीलाई आधुनिकीककरण गरेर पर्यटनको क्षेत्रलाई अघि बढाउन युवाहरु अग्रसर भएर अगाडी बढ्न सकेमा मात्रै बर्दियाको समृद्धी सम्भव हुने बताउनुभयो ।

 

सम्मेलनमा देशका प्रतिष्ठित व्यक्तिहरुबाट युवाहरुलाई प्रशिक्षण दिईएको थियो । प्राध्यापक तथा पुर्वाधारबिद् डा. सुर्यराज आचार्य, कृषी पर्यटन व्यवसायि कालु हमाल, युवा उद्यमी धुव्रप्रसाद न्यौपाने र कान्छा सामाजिक अभियन्ता केपी खनालले कार्यक्रममा सहभागी बर्दिया जिल्लाका युवाहरुलाई आफ्ना अनुभव संगै स्वदेशमै केही गर्न सुझाव दिएका छन् ।

 

बर्दिया निकुञ्ज नजिक गुन्द्रुक होटल आम्बासामा आयोजना गरिएको बर्दिया युवा सम्मेलनमा युवा अभियन्ताहरुले कृषी क्षेत्रमा प्रसस्त सम्भावना रहेको संकेत गर्दैै बेरोजगार रहनुभएका युवाहरुलाई कृषी क्षेत्रमा लागेर आर्थिक समृद्धी हासिल गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा लागुऔषध दुर्व्यसनि विरुद्ध बर्दिया प्रहरीले विशेष अभियान चलाएको भन्दै बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनालीलाई बर्दिया युवा सम्मेलनमा युवाले सम्मान समेत गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख घननारायण श्रेष्ठ र लायन्स क्लव अफ भुरीगाउँका अध्यक्ष गोपाल निरौलाले संयुक्त रुपमा प्रहरी उपरिक्षक मैनालीलाई सम्मान पत्र प्रदान गर्नु भएको हो ।

 

बर्दियामै पहिलोपटक आयोजना गरिएको युवा सम्मेलनमा विभिन्न क्षेत्रका युवा उद्यमी, सामाजिक युवा अभियन्ता, समाजसेवि तथा शिक्षाप्रेमी सहित मुख्य चार जना वक्ताहरुको अनुभव र सुझाव सुन्न बर्दियाका ८ वटै स्थानिय तहका झण्डै ९० जना युवाहरुको सहभागिता रहेको थियो । युवा सम्मेलन कार्यक्रममा मिडिया संहयता रेडियो टाइगर बर्दिया र नेपाल टेलिभिजन कोहलपुर रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

बर्दियामा गाउँ पसेको पाटेबाघको आक्रमणबाट घाइते एक जनाको मृत्यु

भावुक योगी, बर्दिया, माघ २२ । बर्दियाको बढैयाताल गाउँपालिका २, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघको आक्रमणबाट घाइते भएका दुई जना मध्ये एक जनाको

बर्दियाको सीतापुर गाउँमा पाटे बाघ पस्यो, दुई जना घाइते

भावुक योगी, बर्दिया, माघ २१ । बर्दियाको बढैयाताल गाउँपालिका–२, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघ पसेर दुई जनालाई घाइते बनाएको छ ।    सीतापुर

५४ औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकको रक्तदान

दीपक श्रेष्ठ, बाँके, नेपालगंज, माघ ७ गते  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं बार्षिकोत्सवको उपलक्ष्यमा आइतबार रक्तदान गरिएको छ ।  राष्ट्रिय