बर्दियाको सीतापुर गाउँमा पाटे बाघ पस्यो, दुई जना घाइते

views:-329

भावुक योगी, बर्दिया, माघ २१ । बर्दियाको बढैयाताल गाउँपालिका–२, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघ पसेर दुई जनालाई घाइते बनाएको छ । 

 

सीतापुर गाउँमा पसेको बाघको आक्रमणबाट २ जना स्थानीयवासी घाइते भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । 

गाउँमा पसेको बाघको आक्रमणबाट स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाही र ३० वर्षीय विजय बुढाक्षेत्री घाइते भएको वन कार्यालय बर्दियाका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

 

घाइतेमध्ये शाहीलाई नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको र बुढाक्षेत्रीको स्थानीय क्लिनिकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

 

बाघ गाउँको अडहर बारीमा रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएको र निकुञ्जसहित सेनाको टोली डार्ट गर्नका लागि तयारी अवस्थामा त्यसतर्फ प्रस्थान गरिसकेको उहाँले बताउनुभयो ।

 

बाघको आक्रमणबाट थप क्षति हुन नदिनका लागि इलाका प्रहरी कार्यालय मैनापोखरले माइकिङ्ग गरी स्थानीय बासिन्दालाई घरबाहिर ननिस्कन र घरको ढोकाको चुकुल लगाएर घरभित्रै बस्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।

 

बाघ बर्दिया निकुञ्जबाट अथवा भारतको जंगलबाट गाउँ पसेको हुन सक्ने अनुमान छ । अत्तालिएर गाउँ पसेको बाघ होहल्ला नभएमा विस्तारै रातिसम्म आफ्नो बासस्थानतर्फ प्रवेश गर्न सक्ने समेत निकुञ्जले अनुमान गरेको छ ।
 

प्रतिकृया दिनुहोस

बर्दियामा गाउँ पसेको पाटेबाघको आक्रमणबाट घाइते एक जनाको मृत्यु

भावुक योगी, बर्दिया, माघ २२ । बर्दियाको बढैयाताल गाउँपालिका २, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघको आक्रमणबाट घाइते भएका दुई जना मध्ये एक जनाको

बर्दियामा पहिलोपटक युवा सम्मेलन, युवाहरुद्धारा बर्दियाका एसपी मैनाली सम्मानित

भावुक योगी, बर्दिया, माघ १९ । ‘समाज परिवर्तनका लागि युवा अभियान’ भन्ने नाराका साथ बर्दियाको पर्यटकीय क्षेत्रमा पहिलोपटक युवा सम्मेलन आयोजना

५४ औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकको रक्तदान

दीपक श्रेष्ठ, बाँके, नेपालगंज, माघ ७ गते  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं बार्षिकोत्सवको उपलक्ष्यमा आइतबार रक्तदान गरिएको छ ।  राष्ट्रिय