बर्दियामा गाउँ पसेको पाटेबाघको आक्रमणबाट घाइते एक जनाको मृत्यु

views:-340

भावुक योगी, बर्दिया, माघ २२ । बर्दियाको बढैयाताल गाउँपालिका २, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघको आक्रमणबाट घाइते भएका दुई जना मध्ये एक जनाको उपचारका क्रममा मुत्यु भएको छ ।

 

सीतापुर गाउँमा पसेको बाघको आक्रमणबाट २ जना स्थानीयवासी घाइते भएकोमा ६५ वर्षीय चन्द्रबहादुर शाहीको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मुत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख कोमलराज काफ्लेले जनाएको छ ।

 

गाउँमा पसेको बाघको आक्रमणबाट घाइते हुनुभएका ३० वर्षीय विजय बुढाक्षेत्रीको स्थानीय क्लिनिकमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

बाघ गाउँको अडहर बारीमा रहेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयको टोली गाउँमा खटिएको र निकुञ्ज सहित सेनाको टोली डार्ट गर्नका लागि तयारी अवस्थामा रहेको डिभिजन वन कार्यालय बर्दिया प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।

 

बाघको आक्रमणबाट थप क्षति हुन नदिनका लागि इलाका प्रहरी कार्यालय मैनापोखरले माइकिङ्ग गरी स्थानीय बासिन्दालाई घरबाहिर ननिस्कन र घरको ढोकाको चुकुल लगाएर घरभित्रै बस्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।

 

बाघ रहेको स्थान नजिकका घरको छतमा रातीदेखि अझैँसम्म सुरक्षाकर्मी खटिएका छन् । कुहिरो लागेका कारण केही नदेखिएको प्रहरीले जनाएको छ ।

 

बाघ बर्दिया निकुञ्जबाट अथवा भारतको जंगलबाट गाउँ पसेको हुन सक्ने अनुमान छ । अत्तालिएर गाउँ पसेको बाघ होहल्ला नभएमा विस्तारै रातिसम्म आफ्नो बासस्थानतर्फ प्रवेश गरिसकेको हुन सक्ने समेत निकुञ्जले अनुमान गरेको छ ।

 

यदि चोटपटक लागेर घाइते अवस्थामा रहेको भएमा अडहर बारीमै बाघ बसेको पनि हुनसक्ने निकुञ्जले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

बर्दियाको सीतापुर गाउँमा पाटे बाघ पस्यो, दुई जना घाइते

भावुक योगी, बर्दिया, माघ २१ । बर्दियाको बढैयाताल गाउँपालिका–२, सीतापुर गाउँमा सोमबार बेलुका पाटे बाघ पसेर दुई जनालाई घाइते बनाएको छ ।    सीतापुर

बर्दियामा पहिलोपटक युवा सम्मेलन, युवाहरुद्धारा बर्दियाका एसपी मैनाली सम्मानित

भावुक योगी, बर्दिया, माघ १९ । ‘समाज परिवर्तनका लागि युवा अभियान’ भन्ने नाराका साथ बर्दियाको पर्यटकीय क्षेत्रमा पहिलोपटक युवा सम्मेलन आयोजना

५४ औं बार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकको रक्तदान

दीपक श्रेष्ठ, बाँके, नेपालगंज, माघ ७ गते  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं बार्षिकोत्सवको उपलक्ष्यमा आइतबार रक्तदान गरिएको छ ।  राष्ट्रिय