ठाकुरबाबा–३ मा ‘जीवनका लागि पोषण’ कार्यक्रम सम्पन्न, नगरपालिकामा २६३ जना कुपोषणबाट प्रभावित
views:-448
टाइगर खबर, बर्दिया, सावन १० । थारु महिला उत्थान केन्द्र, गुलरिया बर्दियाको आयोजना तथा ठाकुरबाबा नगरपालिका वडा नं.३ को समन्वयमा ‘जीवनका लागि पोषण’ कार्यक्रम तथा कुपोषण न्यूनीकरणसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया श्रावण १० गते वडा नं ३ को सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा ‘जीवनका लागि पोषण’ कार्यक्रमका सहजकर्ता चल्तु राम थारूले समुदायमा पोषणसम्बन्धी जनचेतना अभिवृद्धि आवश्यक रहेको बताउँदै ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मा सबै भन्दा धेरै कुपोषणबाट प्रभावित रहेको जानकारी दिनुभयो। उहाँलेले कुपोषण न्यूनीकरणका लागि परिवार, समुदाय र स्थानीय तहबीच समन्वयात्मक प्रयास आवश्यक रहेको बताउनुभयो।
ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य प्रमुख राजेन्द्र सुवेदीले प्रशिक्षण प्रदान गर्दै सन्तुलित तथा पोषणयुक्त आहारको महत्वबारे जानकारी गराउनुभएको थियो। ठाकुरबाबा नगरपालिकामा हाल २६३ जना कुपोषणबाट प्रभावित रहेको जानकारी दिँदै उहाँले दैनिक भोजनमा अन्न, दाल, दूध, अण्डा, मासु, माछा, हरियो सागसब्जी तथा फलफूल समावेश गर्नुपर्ने, शिशुलाई पहिलो ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाउनुपर्ने र त्यसपछि पोषिलो पूरक आहार सुरु गर्नुपर्नेमा जोड दिनुभयो।
सुवेदीले गर्भवती तथा सुत्केरी महिलाले आइरन, फोलिक एसिडलगायत आवश्यक पोषक तत्व नियमित सेवन गर्नुपर्ने, आयोडिनयुक्त नुनको प्रयोग, सुरक्षित खानेपानी, सरसफाइ र साबुनपानीले नियमित हात धुने बानीको विकासले कुपोषणसँगै विभिन्न सरुवा रोगहरूको जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिका ३ का वडाअध्यक्ष श्रीकृष्ण थारूले स्वस्थ परिवार र कुपोषणमुक्त समाज निर्माणका लागि स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
थारु महिला उत्थान केन्द्रकी सचिव सुशिला थारूको सभापतित्व तथा वडा अध्यक्ष श्रीकृष्ण थारूको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बडघर, गुरुवा, पुजारी, महिला सुडेनी, चौकिदार, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
ठाकुरबाबा र बारबर्दियाका विद्यालयलाई ११ लाख २८ हजार बराबरको स्माट बोर्ड तथा आइसिटि समाग्री हस्तान्तरण
राम बहादुर थारु, बर्दिया, साउन ११ । सिकाइ सुधार परियोजनाअन्तर्गत आधारभूत विद्यालयहरूलाई स्मार्ट बोर्ड सामग्री तथा गणित ल्याब सामग्री हस्तान्तरण
आधारभूत विद्यालयका गणित शिक्षकलाई पुनर्ताजगी तालिम, उपचारात्मक कक्षा सञ्चालनमा जोड
टाइगर खबर, बर्दिया, सावन १०। सिकाइ सुधार परियोजना अन्तर्गत आधारभूत विद्यालयका गणित शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको
समावेशी विपद् व्यवस्थापनमा ठाकुरबाबा नगरपालिकाको प्रतिबद्धता
राम बहादुर थारु, बर्दिया, असार १४। ठाकुरबाबा नगरपालिकाले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्स्थापनाका सम्पूर्ण कार्यलाई समावेशी, पारदर्शी र

प्रतिकृया दिनुहोस