आधारभूत विद्यालयका गणित शिक्षकलाई पुनर्ताजगी तालिम, उपचारात्मक कक्षा सञ्चालनमा जोड
views:-468
टाइगर खबर, बर्दिया, सावन १०। सिकाइ सुधार परियोजना अन्तर्गत आधारभूत विद्यालयका गणित शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको आधारभूत विद्यालय गणित विषय शिक्षण पुनर्ताजगी तालिम तथा उपचारात्मक कक्षा सञ्चालन सिकाइ आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
प्लान इन्टरनेसनल नेपाल, र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप)को सहयोग तथा सहजीकरणमा ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाको सहकार्य तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, बर्दियाको समन्वयमा साउन ८ देखि १० गतेसम्म सञ्चालन भएको तीनदिने कार्यक्रम (बी ग्रुप)को का संस्थापक गोपालनाथ गिरीको अध्यक्षतामा सम्पन्न भएको हो।
तालिमका क्रममा सहभागी शिक्षकहरूले विद्यार्थी–केन्द्रित, सहभागितामूलक तथा प्रभावकारी गणित शिक्षणका नवीन विधि, उपचारात्मक रेडमिडियल कक्षा सञ्चालनका व्यवहारिक उपाय तथा सिकाइ सुधारका रणनीतिबारे ज्ञान र सीप हासिल गरेका छन्। साथै, आफ्ना विद्यालयमा कार्यान्वयन गरिएका उत्कृष्ट अभ्यास र अनुभवहरू पनि एकआपसमा आदान–प्रदान गरिएको थियो।
कार्यक्रमको सहजीकरण सुर्खेत क्याम्पसका प्राध्यापक नरहरि आचार्यले गर्नुभएको थियो। उहाँले व्यवहारिक अभ्यास, समूहगत छलफल तथा नवीन शिक्षण प्रविधिमार्फत गणित शिक्षणलाई अझ प्रभावकारी बनाउने उपायहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै विद्यालयमा गुणस्तरीय गणित शिक्षण प्रवर्द्धन र विद्यार्थीहरूको सिकार्इ उपलब्धि सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई आफ्ना विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
कार्यक्रममा (बी ग्रुप)का कार्यकारी निर्देशक डम्मर सुनार, प्लान इन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका शिक्षा प्राविधिक सल्लाहकार, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, परियोजनाका कर्मचारी तथा ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका आधारभूत विद्यालयमा गणित विषय अध्यापन गराउने २० जना शिक्षकहरूको सहभागिता रहेको भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप)को संयोजक लक्ष्मि प्रसाद शर्माले जानकारीदिनुभयो।।
ठाकुरबाबा र बारबर्दियाका विद्यालयलाई ११ लाख २८ हजार बराबरको स्माट बोर्ड तथा आइसिटि समाग्री हस्तान्तरण
राम बहादुर थारु, बर्दिया, साउन ११ । सिकाइ सुधार परियोजनाअन्तर्गत आधारभूत विद्यालयहरूलाई स्मार्ट बोर्ड सामग्री तथा गणित ल्याब सामग्री हस्तान्तरण
ठाकुरबाबा–३ मा ‘जीवनका लागि पोषण’ कार्यक्रम सम्पन्न, नगरपालिकामा २६३ जना कुपोषणबाट प्रभावित
टाइगर खबर, बर्दिया, सावन १० । थारु महिला उत्थान केन्द्र, गुलरिया बर्दियाको आयोजना तथा ठाकुरबाबा नगरपालिका वडा नं.३ को समन्वयमा ‘जीवनका लागि पोषण’
समावेशी विपद् व्यवस्थापनमा ठाकुरबाबा नगरपालिकाको प्रतिबद्धता
राम बहादुर थारु, बर्दिया, असार १४। ठाकुरबाबा नगरपालिकाले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्स्थापनाका सम्पूर्ण कार्यलाई समावेशी, पारदर्शी र

प्रतिकृया दिनुहोस