ठाकुरबाबा र बारबर्दियाका विद्यालयलाई ११ लाख २८ हजार बराबरको स्माट बोर्ड तथा आइसिटि समाग्री हस्तान्तरण

views:-919

राम बहादुर थारु, बर्दिया, साउन ११ । सिकाइ सुधार परियोजनाअन्तर्गत आधारभूत विद्यालयहरूलाई स्मार्ट बोर्ड सामग्री तथा गणित ल्याब सामग्री हस्तान्तरण गरिएको छ ।

 

प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) को सहयोगमा पहिलो पटक ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका ८ वटा विद्यालयलाई सोमबार आइसिटि  सामग्री हस्तान्तरण गरिएको हो ।

 

भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुपका) कार्यक्रम संयोजक लक्ष्मी प्रसाद शर्माका अनुसार ठाकुरबाबा नगरपालिकाका ५ वटा विद्यालयलाई ३ लाख ४६ हजार ७९७ बराबरको गणित ल्याब, शैक्षिक सामग्री तथा १ वटा विद्यालयलाई २ लाख ८७ हजार बराबरको स्मार्ट बोर्ड तथा आइसिटि समाग्री उपलब्ध गराइएको छ । यससँगै ठाकुरबाबामा मात्र ६ लाख ३३ हजार ७९७ बराबरका सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

 

त्यसैगरी बारबर्दिया नगरपालिकाका ३ वटा विद्यालयलाई २ लाख ८ हजार ७८ बराबरको गणित ल्याब सामग्री तथा १ वटा विद्यालयलाई  २ लाख ८७ हजार बराबरको स्मार्ट बोड तथा आइसिटि प्रदान गरिएको छ । यसरी बारबर्दियामा ४ लाख ९५ हजार ७८ तथा ठाकुरबाबामा ६ लाख ३३ हजार ७९७ गरी जम्मा ११ लाख २८ हजार ८७५ बराबरका सामग्री हस्तान्तरण गरिएको शर्माले बताउनुभयो ।

 

 भेरी वातावरणीय विशिष्टता समूह (बी(ग्रुप) का संस्थापक  गोपालनाथ योगी तथा प्लान इन्टरनेशनल नेपालका शिक्षा प्राविधिक सल्लाहकार  शान्ती थापाले ठाकुरबाबा नगरपालिकाका शिक्षा निर्देशक रामहरि रिजाल, शिक्षा शाखा प्रमुख सीता भण्डारी, शिक्षा सुपरिवेक्षक  नवराज ढुगांना तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा स्माट बोर्ड तथा आइसिटि शैक्षिक समाग्री हस्तान्तरण गर्नुभएको हो।

 

प्लान इन्टरनेशनल नेपालकी शिक्षा प्राविधिक सल्लाहकार शान्ति थापाले स्मार्ट बोर्ड र गणित ल्याब सामग्रीले विद्यालयमा सूचना प्रविधिको प्रयोग विस्तार गर्न, विद्यार्थीको प्रयोगात्मक, सिर्जनात्मक तथा सहभागिता मूलक सिकाइलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्तो खालको सामग्रीले विद्यालयमा प्रविधिमैत्री, सहभागितामूलक तथा प्रयोगात्मक शिक्षण सिकाइ वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगरपालिकाका शिक्षा उप निद्रेशक रामहरि रिजालले  प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी(ग्रुप) ले शिक्षाको क्षेत्रमा गरेको उल्लेखनीय लगानी र निरन्तर सहयोगको प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो। उहाँले यस परियोजनाले विद्यालयमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन, प्रविधिमैत्री शिक्षण वातावरण निर्माण तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। आगामी दिनमा पनि यस्ता सहकार्य र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।


सिकाइ सुधार परियोजनाले शिक्षक क्षमता विकास, उपचारात्मक कक्षा सञ्चालन, सूचना तथा सञ्चार प्रविधिको एकीकरण, गणित प्रयोगशाला स्थापना तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदै विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न सहयोग गर्दै आएको छ। यस सहयोगबाट परियोजना विद्यालयहरूमा समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा थप सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

कार्यक्रममा  शिक्षा शाखाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक तथा परियोजनाका प्रतिनिधिहरूको सहभागिता रहेको भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) की फिल्ड सुपरभाइजर बिमला रावतले जानकारी दिनुभयो ।


 

प्रतिकृया दिनुहोस

आधारभूत विद्यालयका गणित शिक्षकलाई पुनर्ताजगी तालिम, उपचारात्मक कक्षा सञ्चालनमा जोड

टाइगर खबर, बर्दिया, सावन १०। सिकाइ सुधार परियोजना अन्तर्गत आधारभूत विद्यालयका गणित शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको

ठाकुरबाबा–३ मा ‘जीवनका लागि पोषण’ कार्यक्रम सम्पन्न, नगरपालिकामा २६३ जना कुपोषणबाट प्रभावित

टाइगर खबर, बर्दिया, सावन १० । थारु महिला उत्थान केन्द्र, गुलरिया बर्दियाको आयोजना तथा ठाकुरबाबा नगरपालिका वडा नं.३ को समन्वयमा ‘जीवनका लागि पोषण’

समावेशी विपद् व्यवस्थापनमा ठाकुरबाबा नगरपालिकाको प्रतिबद्धता

राम बहादुर थारु, बर्दिया, असार १४। ठाकुरबाबा नगरपालिकाले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्स्थापनाका सम्पूर्ण कार्यलाई समावेशी, पारदर्शी र