पढ्दै, सिक्दै र कमाउँदै : साथम कलेजको ‘हस्पिटालिटी’ मोडल, पढाइसँगै रोजगारीको सुनिश्चितता
views:-95
टाइगर खबर, बर्दिया, सावन २५ । पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव हासिल गरेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले अध्ययनसँगै सीप र रोजगारीलाई जोड्ने उद्देश्यसहित हस्पिटालिटी शिक्षालाई नयाँ ढाँचामा अघि बढाएको छ।
ग्रुपअन्तर्गत सञ्चालित साथम कलेजले ‘पढ्दै, सिक्दै र कमाउँदै’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै नेपालगन्ज र भैरहवामा चार वर्षे ब्याचलर इन हस्पिटालिटी, टुरिजम एन्ड म्यानेजमेन्ट बीएचटीएम कार्यक्रम सञ्चालन गरिरहेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा साथम कलेजले नेपालगन्जमा गत वर्षदेखि बीएचटीएमको पढाइ सुरु गरेको हो। भैरहवास्थित सिद्धार्थ भिलासामा भने यही कार्यक्रम दुई वर्षदेखि सञ्चालन हुँदै आएको कलेजले जनाएको छ।
कलेजका अनुसार जुनसुकै विषयमा प्लस टु उत्तीर्ण गरेका विद्यार्थीले बीएचटीएम अध्ययन गर्न पाउनेछन्। चालु शैक्षिक सत्रका लागि नेपालगन्ज र भैरहवामा भर्ना प्रक्रिया सुरु भइसकेको छ। साथम कलेज लुम्बिनी बौद्ध विश्वविद्यालयको लर्निङ सेन्टरका रूपमा समेत रहेको छ।
होटलभित्रै कक्षा, पढाइसँगै प्रत्यक्ष अभ्यास
साथम कलेजको विशेषता भनेकै हस्पिटालिटी शिक्षालाई कक्षाकोठामा मात्र सीमित नराखी विद्यार्थीलाई प्रत्यक्ष कार्यक्षेत्रमै अभ्यास गराउनु हो।
नेपालगन्जमा कलेजका एकेडेमिक तथा प्राक्टिकल कक्षाहरू सिद्धार्थ बिजनेश ग्रुपअन्तर्गत सञ्चालित चारतारे होटल सिद्धार्थ होटल नेपालगन्ज परिसरमै सञ्चालन भइरहेका छन्। यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै होटल तथा हस्पिटालिटी क्षेत्रको वास्तविक कार्य वातावरणमा सिक्ने अवसर प्रदान गरेको कलेजको भनाइ छ।
बीएचटीएममा फुड प्रोडक्सन, फुड सर्भिस, हाउसकिपिङ, टुरिजम, फ्रन्ट अफिस, मार्केटिङ लगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अध्ययन गराइन्छ।
चार वर्षे कार्यक्रममा आठवटा सेमेस्टर रहनेछन्। पहिलो सेमेस्टरमा पूर्ण रूपमा अध्ययनमा केन्द्रित हुने र दोस्रो सेमेस्टरदेखि विद्यार्थीले ‘सिक्दै र कमाउँदै’ जाने मोडलमा काम गर्ने व्यवस्था गरिएको छ।
हप्तामा ३० घण्टा काम, पढ्दापढ्दै करिब ५ लाख कमाउने अवसर
साथम कलेजले बीएचटीएमलाई परम्परागत शैक्षिक कार्यक्रमभन्दा फरक बनाउँदै विद्यार्थीलाई अध्ययनकै क्रममा रोजगारी तथा व्यावसायिक अनुभव दिलाउने व्यवस्था गरेको छ।
दोस्रो सेमेस्टरदेखि विद्यार्थीले हरेक हप्ता कम्तीमा ३० घण्टा अनिवार्य रूपमा काम गर्नुपर्ने व्यवस्था रहेको कलेजले जनाएको छ। यस क्रममा विद्यार्थीले होटल तथा हस्पिटालिटी क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्दै आफ्नो अध्ययनलाई व्यवहारिक सीपसँग जोड्न सक्नेछन्।
चार वर्षे कोर्ष पूरा गर्दासम्म विद्यार्थीले सिद्धार्थ होटलमा काम गरेर करिब ५ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने सुनिश्चितता गरिएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनुभयो।
उहाँका अनुसार कलेजको मुख्य उद्देश्य विद्यार्थीलाई डिग्री मात्र प्रदान गर्नु नभई सीपयुक्त, दक्ष र रोजगारीका लागि तयार जनशक्ति उत्पादन गर्नु हो।
पढाइपछि सिद्धार्थ ग्रुपमै रोजगारीको अवसर
हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेका बेला साथम कलेजले विद्यार्थीको अध्ययनपछि रोजगारीलाई समेत प्राथमिकतामा राखेको छ।
न्यौपानेका अनुसार बीएचटीएम अध्ययन पूरा गरेका विद्यार्थीले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीअन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालित होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेमा रोजगारीको अवसर पाउनेछन्।
सिद्धार्थ ग्रुपअन्तर्गत पाँचतारे, चारतारे र तीनतारे होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेसहित ३३ वटा आउटलेट सञ्चालनमा रहेका छन्। अध्ययनका क्रममा हासिल गरेको सीप र अनुभवका आधारमा विद्यार्थीलाई ग्रुपका विभिन्न आउटलेटमा रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ।
तीन वर्ष नेपालमा, चौथो वर्ष विदेशमा अध्ययनको अवसर
बीएचटीएम अध्ययन गर्ने विद्यार्थीका लागि अन्तर्राष्ट्रिय अध्ययन तथा अनुभवको अवसरसमेत रहेको कलेजले जनाएको छ।
तीन वर्ष नेपालमै अध्ययन पूरा गरेपछि बाँकी एक वर्ष विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि इन्टरनेसनल स्टुडेन्ट एक्सचेन्ज कार्यक्रममार्फत लुम्बिनी बौद्ध विश्वविद्यालयले चीन र दक्षिण कोरियाका केही विश्वविद्यालयसँग सहकार्य गरेको जनाएको छ।
यस कार्यक्रमअन्तर्गत छनोट हुने विद्यार्थीले छात्रवृत्तिमा विदेशमा अध्ययन तथा काम गर्ने अवसर पाउन सक्नेछन्। त्यसका लागि विद्यार्थीले सम्बन्धित विश्वविद्यालयले तोकेको भाषा तथा अन्य शैक्षिक मापदण्ड पूरा गर्नुपर्नेछ।
चार वर्षे बीएचटीएमका लागि ७ लाख ५० हजार शुल्क
साथम कलेजका अनुसार चार वर्षे बीएचटीएम कोर्ष पूरा गर्न ७ लाख ५० हजार रुपैयाँ शुल्क लाग्नेछ। आठ सेमेस्टरमा सञ्चालन हुने यो कार्यक्रमले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक सीप, कार्य अनुभव र आम्दानीको अवसर दिने लक्ष्य राखेको छ।
पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा रोजगारीको सम्भावना बढ्दै गएको अवस्थामा ‘डिग्रीसँगै सीप र रोजगारी’लाई जोडेर सञ्चालन गरिएको यो कार्यक्रम विद्यार्थीका लागि आकर्षक विकल्प बन्न सक्ने कलेजको विश्वास छ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले लामो समयदेखि होटल तथा पर्यटन क्षेत्रमा हासिल गरेको व्यावसायिक अनुभवलाई शैक्षिक क्षेत्रमा प्रयोग गर्दै कलेजबाटै दक्ष जनशक्ति उत्पादन गर्ने र अध्ययन पूरा गरेपछि रोजगारीसँग जोड्ने लक्ष्यसहित साथम कलेज सञ्चालन गरिरहेको जनाएको छ।
चालु शैक्षिक सत्रका लागि नेपालगन्ज र भैरहवामा बीएचटीएम अध्ययनका लागि भर्ना खुलेसँगै हस्पिटालिटी तथा पर्यटन क्षेत्रमा आफ्नो करियर बनाउन चाहने विद्यार्थीका लागि नयाँ अवसर सिर्जना भएको छ।
ठाकुरबाबामा सुर्तीजन्य पदार्थ तथा मदिरा नियमन र नियन्त्रणका लागि सरोकारवालासँग समन्वय बैठक
राम बहादुर थारु, बर्दिया, असार ९ । ठाकुरबाबा नगरपालिका क्षेत्रभित्र सुर्तीजन्य पदार्थ तथा मदिराको प्रयोग, बिक्री–वितरण तथा त्यसबाट उत्पन्न सामाजिक,
प्राविधिक शिक्षामा जोड, अवसरमा नयाँ मोड : लुम्बिनी स्किल च्याम्पियनसिप २०८३
राम बहादुर थारु, बर्दिया, जेठ ९ । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण बढाउने उद्देश्यसहित लुम्बिनी प्रदेशमै पहिलो
ठाकुरबाबामा शैक्षिक गुणस्तर अनुसन्धान प्रतिवेदन प्रवोधीकरण कार्यक्रम
टाइगर, खबर, दर्दिया, जेठ ८ । बर्दियाको ठाकुरबाबा नगरपालिका मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सम्पादित अनुसन्धान प्रतिवेदनहरूको प्रवोधीकरण

प्रतिकृया दिनुहोस