बाल अधिकार समितिको संयुक्त क्षमता अभिवृद्धि तथा पुनर्गठन सम्पन्न

views:-404

टाइगर खबर, बर्दिया, भाद्र ३ ।  ठाकुरबाबा, बर्दिया। ठाकुरबाबा नगरपालिकाको बाल अधिकार समितिको समन्वयमा वडा नं. ३, ४ र ५ का वडा स्तरीय बाल अधिकार समितिका पदाधिकारीहरूको संयुक्त क्षमता अभिवृद्धि तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।

 

बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्थानीय सरकारसँगको समन्वयमा Safe Future Project अन्तर्गत कार्यक्रम सञ्चालन भएको थियो।

 

कार्यक्रममा बाल अधिकार तथा संरक्षण, केस व्यवस्थापन, बाल विवाह, लागू पदार्थ दुरुपयोग, डिजिटल जोखिम, किशोरकिशोरीको स्वास्थ्य तथा वडा स्तरीय बाल अधिकार समितिको भूमिका र जिम्मेवारीबारे छलफल गरिएको थियो ।


कार्यक्रममा बालबालिकासम्बन्धी तथ्याङ्क तथा अभिलेख व्यवस्थित राख्ने, प्रत्येक तीन महिनामा पालिका स्तरीय समितिमा विवरण अद्यावधिक गर्ने तथा समुदायस्तरमा बाल संरक्षण संयन्त्रलाई सक्रिय बनाउने विषयमा जोड दिइएको थियो।

 

नगर बाल अधिकार समितिका सदस्य–सचिव गोगनसरा आचार्यले समितिले हालसम्म ९ वटा बालबालिकासम्बन्धी केस व्यवस्थापन गरेको जानकारी दिँदै बालबालिकालाई समयमै संरक्षण र आवश्यक सेवामा पहुँच सुनिश्चित गर्न स्थानीय बाल संरक्षण संयन्त्र थप सुदृढ बनाउनुपर्ने बताउनुभयो।


कार्यक्रमले वडा तहमा बाल अधिकार तथा बाल संरक्षणका संरचनालाई सक्रिय बनाउँदै बालबालिकामाथि हुने जोखिम न्यूनीकरण र सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउन योगदान पुगेको आयोजकले जनाएको छ।
 

प्रतिकृया दिनुहोस

ठाकुरबाबामा SIREN  परियोजनाको शुभारम्भ बैठक

टाइगरखबर, बर्दिया, असोज ७ । ठाकुरबाबा नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्लान इन्टरनेशनल

खोज तथा उद्धार तथा सर्पदंश उद्धार सामग्री जिल्ला प्रशासनलाई हस्तान्तरण

टाइगर खबर, बर्दिया, भाद्र ३१ । प्लान इन्टरनेशनल नेपाल र बी ग्रुपको सहकार्यमा बर्दिया जिल्लामा सञ्चालित प्रयास–२ परियोजना अन्तर्गत जिल्ला प्रशासन

विपद् स्वयंसेवक परिचालन तालिमको समीक्षा तथा सिकाइ आदानप्रदान कार्यशाला

टाइगर खबर, बर्दिया, भाद्र ५ । समुदायको सशक्तीकरणका लागि साझेदारी, मानवीय कार्यका लागि हाम्रो तयारी परियोजना अन्र्तगत ७ दिने विपद् स्वयंसेवक परिचालन