बर्दियाको कथा र पर्यटन प्रवर्द्धनमा डिजिटल मेलाको नयाँ पहल

views:-744

राम बहादुर थारु, बर्दिया , असोज ५ । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा द एसिया फाउन्डेसनको सहयोगमा आइतबार ठाकुरद्वारामा डिजिटल मेला सम्पन्न भएको हो ।

 

बर्दियाका कथा, संस्कृति, स्थानीय परिकार र पर्यटकीय क्षेत्र तथा स्थानीय अनुभवलाई  डिजिटल माध्यमबाट देश–विदेशमा चिनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठाकुरद्वारामा ‘बर्दिया डिजिटल मेला’ कथादेखि यात्रासम्म आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाकी उप प्रमुख बिना कुमारी भट्टराईले बताउनुभयो ।

 

बर्दियामा जन्मिएर हुर्किएका सहभागीहरूका लागि आफ्नै जिल्लाको कथा, पहिचान र सम्भावनालाई नयाँ माध्यमबाट प्रस्तुत गर्ने अवसरका रूपमा मेलालाई अर्थपूर्ण मानिएको  विश्व पर्यटन सञ्जालको संस्थापक सदस्य दिपक राज जाशीले बताउनुभयो ।

 

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले  प्रकृतिले हामीलाई प्रकृति र संस्कृति दुवै चिज दिएको बताउदै। नगरपालिकाको समुन्नतिका लागि कृषि र पर्यटन प्रमुख आधार भएकाले त्यसअनुरूपका गतिविधि अघि बढाइरहेका बताउनुभयो । प्रकृति र संस्कृतिलाई विश्वमा चिनाउनका लागि बर्दिया डिजिटल मेलाको आयोजना गरिएको र यस मेलाले  लुकेर रहेका कथा बाहिर ल्याएर विश्वमा चिनाउन मद्दत पुग्ने नगर प्रमुखले बताउनुभयो।

 

मेलामा चर्चित कन्टेन्ट क्रियटरहरूको सहभागितासँगै हस्तकला, स्थानीय खानाका परिकार, पुस्तक, सांस्कृतिक नृत्य तथा बाघ सम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो। स्थानीय कन्टेन्ट क्रियटरलाई अवसर दिँदै बर्दियाका लुकेका कथा बाहिर ल्याएर कृषि र पर्यटनको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


डिजिटल मेलामा देशभरका तमाम चर्चित कन्टेन्ट क्रियटरहरूको सहभागिता रहेको थियो । डिजिटल मेलामा नेपालका चर्चित एवं स्थापित कन्टेन्ट क्रियटर हेमन्त भण्डारी र आश्विन न्यौपानेले बर्दियालाई बाघबाहेक यहाँको कल्चर र स्थानीय खानाका परिकारले समेत चिनाउन सकिने बताएका थिए ।

 

 यस्तैगरी  बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा मन्दिरलगायत पर्यटकीय क्षेत्र, यहाँको संस्कृति र स्थानीय खानाका परिकारलगायतका हरेक कुराको राम्रो कन्टेन्ट बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन सकिने उनीहरूको भनाई थियो । कन्टेन्ट क्रिएट गरी बर्दियाका कथाहरूलाई निरन्तर रूपमा बाहिर ल्याउन स्थानीय कन्टेन्ट क्रियटरहरूलाई राम्रो अवसर रहेको चर्चित कन्टेन्ट क्रियटरहरूको भनाई थियो ।


डिजिटल मेलामा स्थानीयहरूले उत्पादन गरेका हस्तकलाका सामग्री, स्थानीय खानाका विभिन्न परिकार, बर्दियाका बारेमा लेखिएका पुस्तक तथा बाघको तस्बिर छापिएको कपडालगायतका स्टल प्रदर्शनीका रूपमा राखिनुको साथै बर्दियाको संस्कृति झल्काउने भेषभुषासहितको मयुर नाच, मारुनी, सखीया, पुतला गीत तथा थारु नाच समेत प्रदर्शन गरिएको थियो ।


 

प्रतिकृया दिनुहोस

बर्दियाको ठाकुरबाबा नगर अस्पतालमा आँखा उपचार सेवा सुरु : पहिलो दिनमै ३ सय ९९ जना लाभान्वित

टाइगर खबर, बर्दिया, भाद्र १६ । बर्दियाको ठाकुरबाबा आधारभूत नगर अस्पतालमा आँखा उपचार सेवा मंगलबारदेखि सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बर्दियाको

ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न, आगामी योजनालाई प्रभावकारी बनाउने प्रतिबद्धता

टाइगर खबर, बर्दिया, सावन २५ । ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमको समीक्षा

वनकट्टि घाट गौशालामा ५८ लाखको फोहोर व्यवस्थापन केन्द्र बन्दै, ८३ बिघामा पर्यटकीय गुरुयोजना

टाइगर खबर, बर्दिया, सावन २५ । ठाकुरबाबा नगरपालिकाले वडा नम्बर ५ मा रहेको वनकट्टि घाटमा करिब ५८ लाख रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र निर्माण