बर्दियामा विपद् व्यवस्थापनसम्बन्धी समन्वयात्मक कार्यशाला सम्पन्न

views:-120

टाइगर खबर, बर्दिया, भाद्र ३ ।  विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सूचना प्रणाली, राहत सामग्रीको अभिलेख तथा विपद्का समयमा हुने सूचना आदानप्रदानलाई व्यवस्थित गर्ने उद्देश्यले बर्दियामा विपद् व्यवस्थापनसम्बन्धी समन्वयात्मक कार्यशाला सम्पन्न भएको छ।


विश्व मानवीय दिवस २०२६ को अवसरमा जिल्ला विपद् व्यवस्थापन समिति, बर्दियाको आयोजनामा भएको कार्यशालामा  BIPAD Portal, VMS, गोदाम पोर्टल, अत्यावश्यक सामग्रीको व्यवस्थापन तथा जिल्ला र स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC–LEOC) बीचको समन्वयका विषयमा छलफल गरिएको हो।

 

“समुदायको सशक्तीकरणका लागि साझेदारी, मानवीय कार्यका लागि हाम्रो तयारी” भन्ने मूल सन्देशसहित आयोजित कार्यक्रममा विपद्का समयमा आवश्यक पर्ने सूचना तथा स्रोतसाधनको सही व्यवस्थापन, तत्काल सूचना प्रवाह र सम्बन्धित निकायबीच प्रभावकारी समन्वयको आवश्यकतामाथि जोड दिइएको थियो।


कार्यक्रम BEE-Group, बाँकेका PRAYAS-II परियोजना संयोजक खेम भण्डारीको अध्यक्षता तथा निमित्त प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा  BEE-Group का लक्ष्मी प्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो।


कार्यशालामा बर्दिया जिल्लाका ८ वटै स्थानीय तहका सूचना प्रविधि अधिकृत तथा सूचना शाखा प्रमुख, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल  (APF) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा  BIPAD Portal, VMS तथा गोदाम पोर्टलको प्रयोगसम्बन्धी जानकारी प्रदान गर्दै विपद्सम्बन्धी सूचना प्रविष्टि तथा अद्यावधिक, राहत तथा अत्यावश्यक सामग्रीको अभिलेख व्यवस्थापन र आवश्यक पर्दा सामग्रीको उपलब्धता तथा परिचालनलाई व्यवस्थित गर्ने विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो।


त्यसैगरी, विपद्का बेला जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र  (DEOC)  र स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र  (LEOC) बीच सूचना आदानप्रदान तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि सहभागीबीच छलफल भएको थियो।

 

विपद्को समयमा उद्धार, राहत तथा मानवीय सहायता प्रभावकारी बनाउन समयमै सही सूचना प्राप्त हुनु, उपलब्ध स्रोतसाधनको उचित व्यवस्थापन हुनु र तीनै तहका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनु आवश्यक रहेको सहभागीहरूले बताएका थिए।


कार्यशाला PRAYAS-II Project अन्तर्गत एबिल Plan International Nepal र BEE-Group को सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रमले स्थानीय तह तथा सरोकारवाला निकायको विपद् पूर्वतयारी, सूचना व्यवस्थापन र प्रतिकार्य क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस

बाल अधिकार समितिको संयुक्त क्षमता अभिवृद्धि तथा पुनर्गठन सम्पन्न

टाइगर खबर, बर्दिया, भाद्र ३ ।  ठाकुरबाबा, बर्दिया। ठाकुरबाबा नगरपालिकाको बाल अधिकार समितिको समन्वयमा वडा नं. ३, ४ र ५ का वडा स्तरीय बाल अधिकार समितिका

ठाकुरबाबा र बारबर्दियाका विद्यालयलाई ११ लाख २८ हजार बराबरको स्माट बोर्ड तथा आइसिटि समाग्री हस्तान्तरण

राम बहादुर थारु, बर्दिया, साउन ११ । सिकाइ सुधार परियोजनाअन्तर्गत आधारभूत विद्यालयहरूलाई स्मार्ट बोर्ड सामग्री तथा गणित ल्याब सामग्री हस्तान्तरण

आधारभूत विद्यालयका गणित शिक्षकलाई पुनर्ताजगी तालिम, उपचारात्मक कक्षा सञ्चालनमा जोड

टाइगर खबर, बर्दिया, सावन १०। सिकाइ सुधार परियोजना अन्तर्गत आधारभूत विद्यालयका गणित शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको