वनकट्टि घाट गौशालामा ५८ लाखको फोहोर व्यवस्थापन केन्द्र बन्दै, ८३ बिघामा पर्यटकीय गुरुयोजना
views:-135
टाइगर खबर, बर्दिया, सावन २५ । ठाकुरबाबा नगरपालिकाले वडा नम्बर ५ मा रहेको वनकट्टि घाटमा करिब ५८ लाख रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र निर्माण अघि बढाएको छ ।
नगर क्षेत्रमा उत्पादन हुने फोहोरलाई व्यवस्थित रूपमा संकलन, व्यवस्थापन तथा प्रशोधन गर्ने उद्देश्यले निर्माण भइरहेको केन्द्रमा बाउन्ड्री वाल, आवश्यक संरचना निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
केन्द्र निर्माणका लागि निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भइसकेको छ । भ्याटसहित करिब ५८ लाख रुपैयाँमा निर्माणको ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
निर्माणाधीन फोहोर व्यवस्थापन केन्द्रको अनुगमन गर्दै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले फोहोर व्यवस्थापनलाई दीर्घकालीन र व्यवस्थित बनाउन केन्द्र निर्माण अघि बढाइएको बताउनुभयो ।
केन्द्र सञ्चालनमा आएपछि नगरको फोहोर संकलन, व्यवस्थापन तथा प्रशोधन प्रणाली थप प्रभावकारी हुने उहाँको भनाइ छ ।
वनकट्टि घाट गौशालामा अनुगमनका क्रममा नगर प्रमुख लम्सालले नगरपालिकाले सञ्चालन गर्दै आएको गौशालामा हाल करिब ७ –८ सय गाईगोरु रहेको जानकारी दिनुभयो ।
गौशालामा रहेका चौपायाको व्यवस्थापनमा नगरपालिकाले बाार्षिक करिब १५ लाख रुपैयाँ खर्च गर्दै आएको उहाँले बताउनुभयो । छाडा चौपायाको समस्या समाधान गर्न नगरपालिकाले गौशाला व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।
नगर उपप्रमुख बिना कुमारी भट्टराईले आफैंले पालेका गाईवस्तु सडकमा छाड्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो । नगर क्षेत्रमा जहाँसुकै छाडा गाईगोरु भेटिए पनि तत्काल व्यवस्थापन गर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
फोहोरलाई बोझका रूपमा मात्र नहेरी त्यसबाट उपयोगी वस्तु तथा आम्दानी सिर्जना गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको उल्लेख गर्दै उहाँले ‘फोहोरलाई मोहरमा रूपान्तरण गर्ने’ अभियानमा जोड दिइएको बताउनुभयो ।
८३ बिघा सरकारी जग्गामा पर्यटन विकासको योजना
ठाकुरबाबा नगरपालिकाले वडा नम्बर ४ बर्गदामा रहेको करिब ८३ बिघा सरकारी जग्गालाई पर्यटकीय पूर्वाधार विकासका लागि उपयोग गर्ने योजना अघि सारेको छ ।
नगर प्रमुख लम्सालका अनुसार उक्त जग्गामध्ये करिब ४८ बिघा क्षेत्रमा ताल निर्माण गर्ने र बाँकी क्षेत्रमा विभिन्न पर्यटकीय पूर्वाधार तथा आकर्षण विकास गर्ने योजना रहेको छ ।
सार्वजनिक–निजी साझेदारी वा नगरस्तरीय पूर्वाधार विकासको ढाँचाअन्तर्गत सरकारी जग्गा लिजमा लिएर दीर्घकालीन पर्यटकीय गुरुयोजना अघि बढाउन सके यसले ठाकुरबाबासँगै समग्र बर्दियाको आर्थिक तथा पर्यटन विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
ताल, पर्यटन पूर्वाधार, प्राकृतिक वातावरण र स्थानीय स्रोतसाधनलाई एकीकृत गर्दै क्षेत्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको जनाइएको छ ।
हात्ती रोकथामदेखि स्वास्थ्य र खेल पूर्वाधारसम्म अनुगमन
नगरपालिकाले फोहोर व्यवस्थापन तथा पर्यटन विकाससँगै अन्य पूर्वाधारको अवस्थाबारे समेत स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा ठाकुरबाबा नगरपालिका–४ र वडा नम्बर १ को सिमानामा हात्ती रोकथामका लागि निर्माण गरिएको छेकबार पर्खाल तथा कुलो सिँचाइ संरचनाको निरीक्षण गरिएको थियो।
यस्तै, ठाकुरबाबा नगरपालिका–२ मा रहेको कभर्ड हलको अवस्था तथा ठाकुरबाबा नगर अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा–सुविधाको अवस्थाबारे समेत स्थलगत अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न, आगामी योजनालाई प्रभावकारी बनाउने प्रतिबद्धता
टाइगर खबर, बर्दिया, सावन २५ । ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमको समीक्षा
ठाकुरबाबामा स्थानीय सरकार सञ्चालन सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम
राम बहादुर थारु, बर्दिया, जेठ ५ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा ठाकुरबाबा नगरपालिका र लेकवेशी नगरपालिका बीच स्थानीय सरकार सञ्चालनका नवप्रवर्तन,
कम बेरुजु हुने पालिका मध्ये ठाकुरबाबा नगरपालिका बर्दिया जिल्लामा पहिलो
टाइगर खबर, बर्दिया, जेठ ५ । महालेखा परीक्षक कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कम बेरुजु हुने पालिकामध्ये ठाकुरबाबा

प्रतिकृया दिनुहोस