ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न, आगामी योजनालाई प्रभावकारी बनाउने प्रतिबद्धता
views:-174
टाइगर खबर, बर्दिया, सावन २५ । ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमको समीक्षा गर्दै आगामी आर्थिक वर्षका योजना, नीति, कार्यक्रम र प्राथमिकतामाथि छलफल गरेको छ ।
नगरपालिकाको आयोजनामा सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा भएका काम, उपलब्धि, प्रगति तथा सेवा प्रवाहको अवस्थाबारे प्रस्तुतीकरण गरिएको थियो । साथै आगामी आर्थिक वर्षमा नगरपालिकाले अघि बढाउने योजना तथा कार्यक्रमका प्राथमिकताबारे समेत जानकारी गराइएको थियो ।
वार्षिक समीक्षाका क्रममा सहभागीहरूले नगरपालिका अन्तर्गतको सेवा प्रवाह, विकास निर्माण, सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा सुझाव तथा आफ्ना विचार व्यक्त गरेका थिए । सहभागीबाट उठाइएका प्रश्न, सुझाव तथा जिज्ञासामाथि नगर प्रमुख र उपप्रमुखले आवश्यक धारणा तथा स्पष्टता दिँदै आगामी कार्यदिशाबारे जानकारी गराउनुभयो ।
नगरपालिकाले वार्षिक समीक्षा कार्यक्रमलाई विगतका कामको मूल्याङ्कनसँगै आगामी कार्ययोजनालाई थप प्रभावकारी बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।
सरोकारवालाबीचको संवाद, सहकार्य र रचनात्मक सुझावमार्फत स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा नागरिकमैत्री बनाउने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा प्राप्त सुझाव तथा पृष्ठपोषणलाई आगामी आर्थिक वर्षका नीति, योजना र कार्यक्रम कार्यान्वयनमा समेट्दै नगरपालिकाको समग्र विकासलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्षसहित पत्रकारहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रधानाध्यापक, साझेदार संघ–संस्थाका प्रतिनिधि तथा पालिकास्तरीय विभिन्न निकाय र सञ्जालका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
वनकट्टि घाट गौशालामा ५८ लाखको फोहोर व्यवस्थापन केन्द्र बन्दै, ८३ बिघामा पर्यटकीय गुरुयोजना
टाइगर खबर, बर्दिया, सावन २५ । ठाकुरबाबा नगरपालिकाले वडा नम्बर ५ मा रहेको वनकट्टि घाटमा करिब ५८ लाख रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र निर्माण
ठाकुरबाबामा स्थानीय सरकार सञ्चालन सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम
राम बहादुर थारु, बर्दिया, जेठ ५ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा ठाकुरबाबा नगरपालिका र लेकवेशी नगरपालिका बीच स्थानीय सरकार सञ्चालनका नवप्रवर्तन,
कम बेरुजु हुने पालिका मध्ये ठाकुरबाबा नगरपालिका बर्दिया जिल्लामा पहिलो
टाइगर खबर, बर्दिया, जेठ ५ । महालेखा परीक्षक कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कम बेरुजु हुने पालिकामध्ये ठाकुरबाबा

प्रतिकृया दिनुहोस