विपद् स्वयंसेवक परिचालन तालिमको समीक्षा तथा सिकाइ आदानप्रदान कार्यशाला

views:-237

टाइगर खबर, बर्दिया, भाद्र ५ । समुदायको सशक्तीकरणका लागि साझेदारी, मानवीय कार्यका लागि हाम्रो तयारी परियोजना अन्र्तगत ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको समीक्षा तथा सिकाइ आदानप्रदान कार्यशाला ठाकुरद्धारामा सम्पन्न भएको छ।

 

ठाकुरबाबा नगरपालिकाको समन्वयमा   प्लान इन्टरनेशल नेपाल र प्रयास २ परियोजना, भेरी वातावरणिय विशिस्टता समुह तथा को सहकार्यमा आयोजना गरिएको  ७ दिने तालिमको क्रममा प्राप्त सिकाइ, अनुभव, उपलब्धि तथा चुनौतीबारे समीक्षा भएको छ ।

 


कार्यक्रममा विपद्का समयमा स्वयंसेवकहरूको भूमिका सङगै, प्रभावकारी परिचालन, समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धिको बिषयमा छलफल तथा सिकाइ आदानप्रदान भएको थियो।

 


कार्यक्रममा DPNet Nepal का उपाध्यक्ष केशव दत्त भट्टले सहजीकरण गर्नुभएको थियो। उहाँले विपद् व्यवस्थापनमा स्थानीय समुदाय र स्वयंसेवकको भूमिका महत्वपूर्ण रहेको बताउँदै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभएको थियो।


कार्यक्रममा सहभागीहरूले विपद् व्यवस्थापनका क्रममा भएका अनुभव, सिकाइ तथा चुनौतीहरूको बारेमा आदानप्रदान गरेको थिए ।

 

कार्यशालामा बर्दिया जिल्लाका ८ वटै स्थानीय तहका कर्मचारी, विपद् स्वयंसेवक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको भेरी वातावरणिय विशिस्टता समुहकि फिल्ड सुपरभाइजर बिमला रावतले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ठाकुरबाबामा SIREN  परियोजनाको शुभारम्भ बैठक

टाइगरखबर, बर्दिया, असोज ७ । ठाकुरबाबा नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्लान इन्टरनेशनल

खोज तथा उद्धार तथा सर्पदंश उद्धार सामग्री जिल्ला प्रशासनलाई हस्तान्तरण

टाइगर खबर, बर्दिया, भाद्र ३१ । प्लान इन्टरनेशनल नेपाल र बी ग्रुपको सहकार्यमा बर्दिया जिल्लामा सञ्चालित प्रयास–२ परियोजना अन्तर्गत जिल्ला प्रशासन

बाल अधिकार समितिको संयुक्त क्षमता अभिवृद्धि तथा पुनर्गठन सम्पन्न

टाइगर खबर, बर्दिया, भाद्र ३ ।  ठाकुरबाबा, बर्दिया। ठाकुरबाबा नगरपालिकाको बाल अधिकार समितिको समन्वयमा वडा नं. ३, ४ र ५ का वडा स्तरीय बाल अधिकार समितिका