बर्दियाको ठाकुरबाबा नगर अस्पतालमा आँखा उपचार सेवा सुरु : पहिलो दिनमै ३ सय ९९ जना लाभान्वित

views:-252

टाइगर खबर, बर्दिया, भाद्र १६ । बर्दियाको ठाकुरबाबा आधारभूत नगर अस्पतालमा आँखा उपचार सेवा मंगलबारदेखि सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बर्दियाको प्राविधिक सहयोग , रोटरी इन्टरनेशनलको आर्थिक सहयोग तथा ठाकुरबाबा नगरपालिकाको आयोेजनामा  ठाकुरबाबा नगरपालिका ३ नेउलापुरमा रहेको ठाकुरबाबा आधारभुत नगर अस्पतालमा मंगलबारदेखि आँखा उपचार सेवा सुरु गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

 

अबदेखि नगर अस्पतालमा नियमित रुपमा आँखा उपचार सेवा संचालन हुने र नगरबासीलाई आँखा उपचारका लागि बाहिर जान नपर्ने ठाकुरबाबा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराईले बताउनुभयो । 

 


नगर अस्पतालमा आँखा उपचार सेवा सुचारु भएको पहिलो दिनमै ३ सय ९९ जनाले आँखा जाँच तथा उपचार पाएको शिवगंगा आँखा अस्पताल व्यवस्थापक हरि केशीले बताउनुभयो ।

 
मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नगर अस्पतालबाट आँखा उपचार सेवा सुचारु भएको पहिलो दिनमै निशुल्क आँखा जाँच तथा उपचार सेवा पाउनुभएका ३ सय ९९ जना मध्येबाट १ सय ११ जनाको मोतियाबिन्दुको अप्रेशन गर्नुपर्ने बिरामी भेटिएका ठाकुरबाबा आधारभूत नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवी योगीले  बताउनुभयो ।


यसअघि ठाकुरबाबा नगरपालिकाका जेष्ठ नागरिकहरु आँखा उपचारका लागि पालिका बाहिर जानुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको स्थानीय बासीन्दाको भनाई छ । 


‘उहाँहरुको बुधबार गुलरियाको शिवगंगा आँखा अस्पतालमा निःशुल्क रुपमा अप्रेशन हुनेछ ’अध्यक्ष योगीले भन्नुभयो । ’त्यहाँसम्म बिरामीलाई लैजाने ल्याउने बसको व्यवस्था नगर अस्पतालले मिलाएर शिवगंगाआखाँ अस्पताल गुलरिया पठाएको ठाकुरबाबा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न, आगामी योजनालाई प्रभावकारी बनाउने प्रतिबद्धता

टाइगर खबर, बर्दिया, सावन २५ । ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमको समीक्षा

वनकट्टि घाट गौशालामा ५८ लाखको फोहोर व्यवस्थापन केन्द्र बन्दै, ८३ बिघामा पर्यटकीय गुरुयोजना

टाइगर खबर, बर्दिया, सावन २५ । ठाकुरबाबा नगरपालिकाले वडा नम्बर ५ मा रहेको वनकट्टि घाटमा करिब ५८ लाख रुपैयाँको लागतमा फोहोर व्यवस्थापन केन्द्र निर्माण

ठाकुरबाबामा स्थानीय सरकार सञ्चालन सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम 

राम बहादुर थारु, बर्दिया, जेठ ५ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा ठाकुरबाबा नगरपालिका र लेकवेशी नगरपालिका बीच स्थानीय सरकार सञ्चालनका नवप्रवर्तन,